१८ कात्तिक, मकवानपुर । 

आज विहान मकवानपुरको चुरियामाईमा ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सर्लाहीबाट चितवनका लागी ईट्टा बोकेको ना४ ख १२५२ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा परी नौ जना घाइते भएका छन् ।

 

ट्रकमा धानकाट्न चितवन जादै गरेको मजदुरहरु रहेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेहरुमा सलार्ही औराही ८ पटेरवाका सियाराम महातो, झगुरु महतो, जित पासवान, राबलि माझी, विशेष यादव र अन्य एक ससुराली हिडेकाको सनाखत हुन सकेको छैन ।

 

घाइतेमध्ये ३ को अवस्था गम्भिर रहेको र घाइतेहरुको हेटौडा अस्पतालमा उपचार भैरहेको छ ।