दुलही बन्न दुलाहा चाहिन्छ । तर जापानमा भने दुलाहाविना नै दुलही बन्ने चलन बढ्दै गएको छ ।

जापानमा यसरी दुलाहा विना नै विवाह गर्ने युवतीहरुको संख्या पछिल्लो समयमा ह्वात्तै बढेको छ । जापानमा दुलाहा विना नै विवाह गरिदिने संस्था समेत सक्रिय छन् ।

bride without groom

ब्यस्त युवतीहरुले आफ्नो करिअरलाई बढी ध्यान दिने र परिवार बसाउन नचाहने भएका कारण उनीहरु दुलाहा विना नै विवाह गर्ने गर्छन् ।

bride without groom 1

यस्तै युवतीहरुलाई लक्षित गरेर एकल विवाह गरिदिने संस्थाहरु सक्रिय भएका हुन् ।

 

यस्ता एजेन्सीहरुले दुलाहा नभइ विवाह गर्ने युवतीहरुलाई विवाह गर्न लागेको जस्तै वातावरण तयार गरिदिन्छन् । दुलही बनेकी युवती सजिन्छन् र दुलही बनेको हाउ भाउ गर्छन् ।

 

 

यस्तो विवाहमा केटी दुलहीको पहिरनमा भएपनि दुलाहा भने हुँदैन । तर विवाहका अन्य सबै प्रक्रिया हुन्छन् । पार्टी गरिन्छ जहाँ पाहुनाहरु आएका हुन्छन् ।

 

bride without groom 2
एक दिन यस्तो विवाह गरेर युवतीहरु अर्को दिन देखि सामान्य जीवनमा फर्किन्छन् । यसरी दुलाहा विना नै दुलही बनेका केटीहरुले फोटो सेसन पनि गर्छन् ।

 

bride without groom 3
यस्तो विवाह गराइदिने संस्थाहरुले २ लाख देखि शुरु भएर १० लाख सम्म शुल्क लिन्छन् ।

एजेन्सी ।