एजेन्सी ।

आतंकवादी संगठन अलकायदाको प्रमुखकोरुपमा संसारलाई त्रस्त पार्न सफल ओसामा बिन लादेनलाई पाकिस्तानलाई मार्ने अमेरिकी सैनिकको तस्विर सार्वजनिक भएको छ ।

 

सन् २०११ को मे २ मा पाकिस्तानको एबोट्टाबादमा अमेरिकी सैनिकको विशेष टोलीले बिन लादेनलाई मारेको थियो ।

उक्त आक्रमणमा बिन लादेनलाई ३ गोली हानेर मारेका अमेरिकी सैनिक रोब ओनीलको तस्विर सार्वजनिक भएको हो ।

osama killer

३८ वर्षिय रोब ओनिलले फक्स न्यूजको विकेण्डमा आफूले बिन लादेनलाई कसरी मारें भन्ने विषयमा सबै जानकारी सार्वजनिक गर्ने बताइएको छ ।

osama killer 1

ओनिलको तस्विर पहिलो पटक अमेरिकाको SOFREP.com ले सार्वजनिक गरेको हो ।

osama killer 2

यस अघि बिन लादेनलाई मार्नेको जानकारी गोप्य राखिँदै आएको थियो । बिन लादेनलाई मार्ने ‌ओनीलले सैनिक सेवामा ५२ मेडल जितेको बताएको छ ।