२६ कात्तिक, काठमाडौं ।

कुवेतमा जारी एसीसी अण्डर-१९ प्रिमियर लिगमा निरन्तर जित हात पारिरहेको नेपालले बुधबार पनि जितलाई निरन्तरता दिएको छ ।

बुधबारको खेलमा भने मलेसियालाई कमजोर लक्ष्य दिए पनि नेपालले ५३ रनले पराजित गर्न सफल भएको हो ।

nepal-u19-cricket-team

नेपाली युवा टोलीले मलेसियालाई केवल १ सय १६ रनको लक्ष्य दिएको भएपनि मलेसियाले केवल ६२ रन मात्र बनाएर अल आउट भएपछि नेपाल भाग्यमानी सावित भएको हो ।

टस जितेर ब्याटिङ छानेको नेपालले ४० ओभरमा १ सय ११५ रन मात्र बनाएर अल आउट हुन पुगेको थियो । झिनो लक्ष्य दिएपछि हारको खतरा बढेपनि नेपाली बलरहरु चम्किएपछि नेपालले लगातार तेश्रो जित हात पारेको हो ।

यस अघि नेपालले नेपालले साउदी अरेबियालाई १ सय ९५ रन र आयोजक कुवेतलाई २ सय ६२ रनले हराएको थियो ।

मलेसियालाई पराजित गरेमा नेपालले अव शुक्रबार अफगानिस्तानको सामना गर्नेछ ।