२८ कात्तिक, इलाम ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामका सामुदायिक विद्यालयका सबै शिक्षक शैक्षिक प्रमाणपत्र सङ्कलन गर्न थालेको छ ।

CIAA building

अन्य जिल्लामा नक्कली शैक्षिक प्रमाणपत्र भएका शिक्षक धमाधम भेटिन थालेपछि आयोगले जिशिकालाई पत्राचार गरी शिक्षकको प्रमाणपत्र माग गरेको हो ।

 

सरकारी अनुदानबाट तलब, भत्ता खाने सबै सामुदायिक विद्यालयका शिक्षकको शैक्षिक योग्यताको प्रमाणपत्र, अध्यापन अनुमतिपत्र तथा तालिमको प्रमाणपत्र पेस गर्न निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले बताए ।

 

शिक्षकले आगामी मङ्सिर १५ गतेसम्म आफ्ना फाइल तयार गरी जिशिकामा ल्याउने निर्देशन दिइएको जिशिकाले जनाएको छ । प्राथमिक तहमा एक हजार ५८७, निमाविमा ४२८, मावि तहमा २८० र उच्चमाविमा ४९ गरी दुई हजार ३४४ जना शिक्षक कार्यरत छन् ।