३० कार्तिक, काठमाडौ ।

मधेस केन्द्रीत राजनीतिक दलका नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो जनकपुर भ्रमणको क्रममा जनतालाई संबोधन गर्न पाउनु पर्ने धारणा राखेका छन ।

हिन्दु यूवा जनसक्ति संघद्धारा राजधानीमा आयोजित कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य उमाकान्त झाले नेपाल–भारतको सम्बन्ध ऐतिहासिक रहेको अवस्थामा स्थलमार्गबाट जनकपुर भ्रमणमा आउने मोदीले मधेसको विकासको अवस्था बुझ्न पाउने भएकोले भ्रमण सकारात्मक भएको बताए । उनले भारतीय प्रधानमन्त्रीले जनतालाई संबोधन गर्न मिल्दैन भन्ने गरेका नेताहरुकै छोरा छोरी भारतको छात्रबृत्तिमा भारतमा अध्ययन गरिरहेको दावी गर्दै मोदीको भ्रमणलाई मधेसको विकास र पर्यटन हव निर्माण गर्ने योजनाबद्ध रुपमा प्रयोग गर्नुपर्ने धारणा राखे ।

modi bhasan

संघका अध्यक्ष विकास कुमार ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा सदभावना पार्टीका महासचिव मनिष सुमनले भारतीय प्रधानमन्त्रीले जनकपुर भ्रमणको क्रममा स्थानीयहरुसँग साक्षात्कार गर्ने मौका पाउनुपर्ने तर्क गर्दै मधेस केन्द्रीत दलहरुले मोदीको भ्रमणबाट ठूलो अपेक्षा राखेको बताए ।

उनले मोदीले बोक्सी प्रथाको विरोध, विकास र शिक्षाको पक्षमा बोले त्यसले मधेसमा सकारात्मक परिवर्तन गर्ने विश्वास ब्यक्त गर्दै अमेरिका र अष्ट्रेलिया भ्रमणमा बोल्न पाउने मोदीले नेपालमा किन बोल्न नपाउने भन्दै प्रश्न गरे ।

उनले भने–‘‘हाम्रो लगाई, भाषा, धर्म, सस्कृति मिल्दो जुल्दो छ । त्यसैले पनि बोल्न पाउनु पर्छ । अंकुश लगाउनु हुँदैन ।’’
मधेसी जनअधिकार फोरम नेपालकी कोषाध्यक्ष रेणु यादवले भारतीय प्रधानमन्त्रीले बोल्न पाउनु हुँदैन भन्ने भावना संकुचित भावना भएको टिप्पणी गर्दै भनिन –अरवौको भिखारी बन्न सक्ने नेताहरुले हजारको साईकल बाँडदा विरोध गर्नु हुँदैन ।

पूर्व मन्त्री कमल चौलागाईले मोदीको भ्रमण सकारात्मक भएकोले उनले जनकपुरमा भाषण गर्न पाउनु पर्ने भन्दै यसलाई विवादको विषय बनाउन नहुने तर्क गरे ।

यो पनि हेर्नुस् 

 

सार्क सम्मेलनः मोदीका कारण पसिना काड्दै सरकार