विवाहको सिजन आएपछि धेरैले सम्झिने सेलिब्रेटी हुन्, अविवाहित गायिका कोमल वली । बिहे भा छैन, पोइला जान पाम्, जस्ता बिहेसँग सम्बन्धित गीत गाए पनि उनी अहिलेसम्म अविवाहित छिन् । विवाह यामका रपमा लिइने मंसिर सुरु भइसकेको छ । यही सम्दर्भमा कोमलसँग गरिएको बिहे संवाद

 

पहिलो बिहे प्रस्ताव
आईए पढ्दाखरी पहिलोपटक बिवाहको प्रस्ताव आएको थियो । मेरो मिल्ने साथीलाई केटा हेर्न आएको थियो । म उसको साथी भएर बसेकी थिएँ । केटाले साथीलाई अस्वीकार गर्यो । पछि थाहा भयो, उसले मलार्य मन पराएछ । घरपरिवारमार्फत मलाई यो विवाहको प्रस्ताव गर्यो । आफूलाई अस्वीकार गरेर मकहाँ विवाहको प्रस्ताव ल्याएको कुरा साथीले थाहा पाइछे । मसँग बोलचाल बन्छ गरी । आफैँले केटालाई भेटेर बिहेका लागि म तयार नभएको बताइदिए ।

komal oli

प्रस्ताव आउँदा खुशी
मलाई बिहेका प्रस्ताव आउन मंसिर आउनुपर्छ भन्ने छैन । सधैं प्रूताव आइरहका हुन्छन् । साथीभाई, घरपरिवारले पनि भन्छन् यस्तो केटाले तिमीलाई बिहेको प्रस्ताव गरेको छ । मन फुरुङ्ङ हुन्छ, ए हो भनेर खुशी हुन्छु । तर, त्यत्तिमै सकिन्छ । बिहे गरेको भए, मेरा पनि यतिबेला छोराछोरी हुन्थे, तिनको पठनपाठनमा व्यस्त हुन्थें ।

 

बिहे नगर्दा बेफाइदा छैन ।
बिहे नगर्दा मैले कुनै बेफाइदा बेहोरेकी छैन । एउटै कुरा श्रीमती कोमल वली लेख्न पाइएन । बिहे नगर्दाका मुख्य फाइदा भनेको आफ्नै मर्जीले बाँचिरहेकी छु ।  मञ्चबाट केटाहरुलाई किन आई लभ यू भन्या भनेर कसैले निहुँ खोज्दैन । फाइदैफाइदा छन् ।

 

दुई वर्षमा च्याप्टर क्लोज
समाजका लागि बिहे आवश्यक छ । जसले सृष्टि चलेको छ, समाज वैराग्यतिर उन्मुख हुन पाएको छैन । विवाहपछिको जीवन रंगिन हुन्छ । सन्तान बिग्रन थाल्यो भने अब बिहे गर्नुपर्छ भनेर सपार्नकै लागि गरिन्छ ।
मैले अबका दुई वर्षमा पनि बिहे गरिनँ भने च्याप्टर नै क्लोज हुन्छ । किनभने, त्यसपछि म पूर्णतः विहे नगर्ने निर्णमा पुग्नेछु ।
आजको शुक्रबार साप्ताहिकमा प्रकाशित अन्तरवार्ताका आधारमा