८ मङ्सिर, कोलम्बो ।

श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित टी–ट्वेन्टी क्रिकेटमा नेपाल हङकङसँग २ विकेटले पराजित भएको छ । हङकङले अन्तिम बल बाँकि हुँदा लक्ष्य भेट्टाएर नेपाललाई निराश पारेको हो ।

nepal t 20

नेपालले २० ओभरको खेलमा केवल ७३ रनको सहज लक्ष्य दिएको थियो । हङकङका खेलाडीले पनि सहजै जित हासिल गर्न भने सकेनन् ।

१९ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै ७३ रन बनाएर हङकङले नेपालमाथि विजय हात पारेको हो ।

 

नेपालले हारेपनि सन्तोषजनक खेलेको थियो । नेपाली ९ ब्याट्सम्यानले दोहोरो अंक छुन नसकेपनि नेपाली बलरकोरुपमा पनि अग्रस्थानमा रहेका सोमपाल कामीले राम्रो ब्याटिङ गरेर आफूलाई अलराउण्डरको परिचय दिन खोजेका थिए ।