८ मंसिर, रौतहट ।
तस्करहरुले जंगलमा रुख काटै गरेका सुचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न गएका सशस्त्र वन रक्षकको मोटरसाइकल लुटिएको छ । हिजो साँझ तस्करलाई पक्राउ गर्न गएका वन रक्षकको मोटरसाइकल तस्करले नै लुटेका हुन ।

 

जिल्ला वन कार्यालय अन्तर्गत जंगलसहिया ईलाका बन कार्यालयको जंगल बाट दुई वटा मोटरसाईकलमा काठको गोलीया तस्करी भइरहेको सूचनाको आधारमा त्यस तर्फ खटिएका सशस्त्र वन रक्षक टोली लाई तस्करहरुले कुटपीट समेत गरेका थिए ।

 

रौतहटको रङ्गपुर–५ कटानीमा तस्करलाई पक्राउ गर्ने क्रममा जिल्ला वन कार्यालय रौतहटका जमदार बिनोद श्रेष्ठ सहितको वन रक्षकलाई तस्करले कुटपिट गर्दै उनीहरुले प्रयोग गरेको मोटरसाईकल लिएर फरार भएका छन् । यता तस्करले प्रयोग गरेको मोटरसाईकल र गोलिया काठ भने सशस्त्र बनरक्षकले बरामद गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

 

काठ तस्करी मुद्धामा वन ले नियन्त्रणमा लिएका भारतीय नम्बरको मोटरसाईकल वन रक्षकहरुले गस्तीका लागी प्रयोग गर्ने गर्दछन । तस्करले लुटेको सो मोटरसाइकल पनि मुद्धाकै क्रममा रहेको भारतीय नम्बरको मोटरसाइकल भएको इलाका बन कार्यालय जंगलसैयाका सहायक बन अधिकृत सोम्फी पासवानले बताएका छन ।

 

जिल्ला बन कार्यालय रौतहटका प्रमुख बाबुराम भण्डारीले बनगस्ति टोलिको मोटरसाईकल लिएर तस्कर फरार भएपछि नेपाल प्रहरी, ससस्त्र प्रहरीको सहयोगमा उनीहरुको खोजी भइरहेको बताएका छन ।