८ मङ्सिर, काठमाडौं ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इच्छा हुँदा हुँदै पनि जनकपुर भ्रमण गर्न नभ्याएको बताउँदै छिट्टै जनकपुर भ्रमणको समय मिलाउने जानकारी दिएकी छिन् ।

swagaraj

 

फाइल तस्विर 

नेपालमा भोदीले जनकपुर भ्रमण स्थगित भएको विषयमा अनेकन टिका टिप्पणी भैरहेको समयमा भारतीय विदेश मन्त्रीले काठमाण्डौं ओर्लिए लगत्तै मोदी आफ्नै कारणले जनकपुर जान नसकेको स्पष्ट पारेकी हुन् ।

 

सार्क सम्मेलनको पूर्व सन्ध्यामा मंगलबार काठमाडौंमा हुने सार्क विदेशमन्त्री स्तरीय बैठकमा सहभागी हुन स्वराज काठमाडौं ओर्लिएकी हुन् ।

स्वाराजले यस अघि गत साउनमा मोदीको नेपाल भ्रमण अघि पनि नेपाल भ्रमण गरेकी थिइन् ।