१६ मङ्सिर, काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयले लामो समयको अन्तरालमा गरेको उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक वृद्धि तत्काल कार्यान्वयनमा लैजाने भएको छ ।

exam

बजारको बढ्दो मूल्यवृद्धिसँगै उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक लामो समयसम्म नबढाइएको भन्दै परीक्षकको गुनासो बढेपछि यसै वर्षदेखि त्रिविले पारिश्रमिक बढाउने निर्णय गरेको हो । त्रिवि कार्यकारी परिषद्को गत कात्तिक ३० गतेको निर्णयअनुसार यसअघि दिँदै आइएको स्नातक तहको प्रतिउत्तरपुस्तिका परीक्षणको रु २० लाई रु ३५ र स्नातकोत्तरको प्रतिउत्तरपुस्तिका रु २५ लाई रु ४० कायम गरिएको छ ।

 

उक्त निर्णयको कार्यान्वयन हाल वितरण गर्न लागिएको स्नातक तह प्रथम वर्षको उत्तरपुस्तिका परीक्षणमा नै लागु गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयले तयारी गरेको परीक्षा नियन्त्रक केशव बास्तोलाले जानकारी गराउनुभयो । उत्तर पुस्तिका बुझाउने क्रममा विगतमा भइरहेका ढिलासुस्ती एवम् लापरबाहीलाई हटाउन यस पटक भने विभिन्न मापदण्ड निर्धारण गरिएको छ । रासस