१९ मङ्सिर, सोल ।
दक्षिण कोरियाको बेरिङ्ग समुद्रमा एक माछामार्ने डुङ्गा डुब्दा भएको दुर्घटनामा शुक्रबार थप पाँच व्यक्तिको शव फेला परेपछि सो दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २५ पुगेको छ ।

विदेश मन्त्रालयले शुक्रबार सो जानकारी दिएको समाचारमा जनाइएको छ ।
ship accident
यस दुर्घटनामा परेका अझै २८ जना चालक दलका सदस्यहरू बेपत्ता रहेका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

शुक्रबार पाँच व्यक्तिको थप शव फेला परेपछि सो दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २५ पुगेको छ ।

उक्त डुङ्गामा दक्षिण कोरियाली, इन्डोनेसियाली र फिलिपिनो गरी ६० यात्रु सवार रहेका थिए । तीमध्ये सातजनालाई मात्र उद्धार गरिएको जनाइएको छ ।

सो डुङ्गामा ११ दक्षिण कोरियाली, १३ फिलिपिनो र ३५ इन्डोनेसियाली सवार रहेका थिए ।
दुर्घटनामा छ जना दक्षिण कोरियाली, ११ इन्डोनेसियाली र तीन फिलिपिनो र पाँच दक्षिण–पूर्वी एसियन राष्ट्रका नागरिकसहित २५ व्यक्तिको मृत्यु हुनुका साथै २८ जना बेपत्ता रहेको शुक्रबार पुष्टि भएको छ । रासस,एएफपी