१९ मंसिर,काठमाडौं ।सर्वत्र चर्चामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एशियन अफ द ईयर’को उपाधी हात पारेका छन् । विकासप्रधान नेता भएको भन्दै सिंगापुरको एक प्रमुख दैनिक पत्रिकाले उनलाई यो उपाधी प्रदान गरेको हो ।

 

सिंगापुरको दैनिक पत्रिका ‘ द स्ट्रेइस्ट टाइम्स’ले प्रधानमन्त्री पदमा नयाँ हुनुका बाबजुद एशियमा छाप छोडिसकेको भन्दै यस्तो उपाधी दिएको जनाएको छ।

 

उक्त पत्रिकाको प्रकाशक सिंगापुर प्रेस होल्डिङ लिमिटेडले प्रधानमन्त्री भएको थोरै समयमै छिमेका राम्रो प्रभाव पारेको, सि जिनपिङ, टोनी एबट सहितका नेताबाट पनि गतिलो ‘रेस्पन्स’ पाएको र जापानी प्रधानमन्त्री शिन्जे अबेसंगको भेटवार्ता पनि निकै सफल रहेको भन्दै प्रशंसा गरेको छ।

 

उक्त पत्रिकका सम्पादक वारेन फर्नान्डिज भन्छन्-‘मोदी कारण गर्दा पुरै संसारको ध्यान भारततिर मोडिएको छ। उनले भारतीय जनतालाइ नयाँ दिशा र उदेश्यको अनुभुति गराएका छन्। उनले जनताबाट पाएको समर्थनको सदुपयोग गर्दै एशिएन महाशक्तिको रुपमा एशियामा राम्रो छाप पार्ने संभावनाहरु छन्। हामी मोदी र भारतको सफलताको कामना गर्दछौ। ‘

 narendra modi

अर्को एशियाली महाशक्ति चीनको आर्थिक वृद्धिदर घटेको र जापान मन्दीमा रहेका बेला मोदीको ‘मेक इन इण्डिया’ योजना सफल भएमा लगानीको वातावरण बढ्ने र २ ट्रिलियन डलरको सम्मको अर्थतन्त्रमा योगदान पुगि यसले एशियाली क्षेत्रमा नै सकारात्मक अवस्था पैदा गर्ने पनि उनले बताएका छन्।

 

अघिल्लो वर्ष सो पत्रिकाले चिनियाँ राष्ट्रपति शी जिनपिङ र जापानी प्रधानमन्त्री शिन्जे अबेलाई संयुक्तरुपमा सो उपाधी दिएको थियो।