१९ मङ्सिर, काठमाडौ ।

सविधान निर्माणको क्रममा राजनीतिक दलहरुको बीचमा सहमति जुटन नसकिरहेको बेला नेताहरुले संविधानसभालाई आ–आफ्नो रुपमा अर्थ लगाउन थालेका छन् । माघ ८ नजिकदै जाँदा समेत सहमति हुन नसक्ने छाटकाट देखेका नेताहरुले एक अर्कालाई उखान टुक्का मार्फत व्याङग्य गर्न थालेका छन् ।

madhav nepal mic

नेकपा एमालेका नेता माधवकुमार नेपालले विगत सात वर्ष देखि संविधान निर्माणको कुरा भएपनि संविधान बन्न नसकेको भन्दै संविधान निर्माण अहिले हट केक भएको बताएका छन् । दलहरुवीच सहमति नहुनु नै संविधान निर्माणको मुख्य चुनौती रहेको छ, उनले भने ।

 

‘जहा गएपनि संविधानको कुरा हुन्छ, अहिले संविधान हट केक भएको छ’ नेता नेपालले भने,‘पछिल्लो राजनीतिक घटना क्रममले संविधान निर्माण हुने केही आशा देखिएपनि यो आशा कतिन्जेल रहन्छ भन्न सकिदैन ।’

 

प्रेस चौतारी नेपाल काडमाडौं शाखाले शुक्रवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता नेपालले संविधान बनाउन कस्ले नचाहेको हो भन्नेसम्म पनि निक्र्यौल नभएको बताए । अहिलेसम्म एकले अर्कोलाई दोष दिने काम मात्र भैरहेको छ, उनले भने । विवादित विषयमा स्वविवेक प्रयोग गर्ने जिम्मेवारी दिएपछि संवैधानिकक राजनीतिक संवाद एवं सहमति समितिका सभापति डा. बाबुराम भट्टराई संकटमा परेको उल्लेख गर्दै उनले भने,‘ बुहमतको आधारमा निर्णय गर्दा पार्टी रिसाउने, पार्टीको निर्देशनमा निर्णय गर्दा बहुमत सदस्य रिसाउने भएकोले डा. भट्टराई ठुलो संकटमा पर्नुभएको हो ।

 

बहुजातिय देशमा एकल जातियताको आधारमा संघीयता संभव नभएको उल्लेख गर्दै उनले स्थानिय निकायको निर्वाचन भयो भने संघीयताको विवाद टुङग्याउन सजिलो हुने बताए । उनले भने,आउदोे चैत्र सम्ममा स्थानिय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिदैसर्वदलिय सरकार गठन भए संविधान जारी गर्न झनै सजिलो हुने बताए ।