१९ मङ्सिर, काठमाडौ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ बन्ने संबिधानमा सनातन हिन्दु राष्ट्र नेपाल नलेखिए त्यो संबिधान अस्वीकार्य हुने बताएका छन । उनले धर्म संस्कृती र पहिचानको संरक्षण र संवद्र्धन बीना कुनै पनि मूलुकले प्रगती गर्न नसक्ने बताउदैं त्यसको रक्षाको निमित्त सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन ।

kamal-thapa mic

 

राप्रपा नेपालद्धारा आगामी पौष ९ गतेबाट संचालन हुने मेची महाकाली पशुपतीनाथ हिन्दुराष्ट्र पुनस्र्थापना संकल्प रथयात्राको तयारीको क्रममा पार्टीको काठमाडौं जिल्ला कार्य समितिद्धारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले काठमाडौंमा हुने रथयात्राको समापन कार्यक्रमलाई भव्यता पुर्वक सम्पन्न गर्नको निमित्त व्यापक तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

 

 

उनले जनभाबना विपरीत जवरजस्ती संविधान लाद्न खोजे आन्दोलनको बिकल्प नहुने भन्दैं आन्दोलनको लागी समेत तयार रहन आग्रह गरेका छन । पार्टीका काडमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको सभापतित्वमा भएको सो कार्यक्रममा पार्टीका उपाध्यक्ष टंक ढकाल, पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्यहरु, सभासदहरु, जिल्ला क्षेत्र र नगरका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।