२१ मङ्सिर, काठमाडौं ।

एकीकृत माओवादी नेतृत्वमा रहेको विपक्षी दलको संयुक्त मोर्चाले बहुमतीय आधारमा संबिधान लेखन प्रक्रिया अघि बढाए त्यसलाई अस्विकार गर्ने भएको छ ।

20 party meeting after saarc

आइतबार विहान सिंहदरबारमा बसेको मोर्चाको बैठकले अन्तरिम संबिधानको मर्म अनुसार सहमतीय आधारमा नै संबिधान लेखन अघि बढाउनुपर्नेमा जोड दिएको हो । मोर्चाले पहिचानमा आधारित संघीयता सहितको संबिधान लेखनका लागि दवावमुलक कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ ।

 

यसअघि कृष्णवहादुर महराको संयोजकत्वमा गठन भएको कार्यदलले प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनमा बहुमतीय आधारमा संबिधान लेखन अघि बढाए त्यसलाई अस्विकार गर्ने र पहिचानमा आधारित संघीयताका लागि संयुक्त दवावमुलक कार्यक्रम संचालन गर्ने विषय समेटिएका छन् ।

 

कार्यदलले संबिधानमा साझा धारणा बनाउनका लागि प्रस्तुत गरेको प्रतिवेदनमा मोर्चामा रहेका दलबीच आन्तरिक छलफल गरेर आगामी बैठकमा थप छलफल हुने बैठकपछि नेताहरुले बताए । दलबीच शासकीय स्वरुप, राज्य पुनःसंरचना, निर्वाचन र न्याय प्रणालीलगायत विषयमा विवाद रहेका छन् ।