ल्यापटप किन्नको लागि याद गर्नु पर्ने कुरामा मुख्यतः ल्यापटपमा प्रयोग भएको प्रोसेसर, RAM, हार्ड डिस्क, ग्राफिक्स कार्ड र  स्क्रिन साइज पर्छ ।

 

प्रोसेसर भन्नाले ल्यापटपको मुख्य दिमाग भन्ने बुझिन्छ । प्रोसेसर जति राम्रो भयो त्यति नै छिटो क्याल्कुलेसन गर्न सक्छ ल्यापटपले । इन्टेल कम्पनिको खण्डमा i3 प्रोसेसर भन्दा i5 र i5 भन्दा i7 प्रोसेसर राम्रो र महंगो हुन्छ । बजेटलाइ ध्यान नदिने हो भने i7 प्रोसेसर सहितकै ल्याटप किन्नु राम्रो भएता पनि सामान्य प्रयोग जस्तो इन्टरनेट चलाउन, फिल्म हेर्न वा सामान्य रुपमा घरमा नै चलाउनको लागि हो भने प्रोसेसरले त्यति फरक नपर्ने हुदा i3 प्रोसेसर भएकै ल्यापटप किन्दा सस्तो र उचित हुन्छ ।

 

कम्पुटर गेम खेल्नु हुन्छ, ठुलो ठुलो प्रोग्रामहरु चलाउनु हुन्छ, भने चाहिँ प्रोसेसर, RAM र ग्राफिक्स कार्ड जति धेरै त्यति राम्रो हुन्छ । हार्ड डिस्क केबल तपाइको फाइलहरु स्टोर गर्नको लागि भएकोले यसले ल्यापटपको कार्य क्षमतामा केहि फरक पर्दैन । धेरै फिल्म, गित या भिडियोहरु ल्यापटपमा होस् भन्ने चाहनुहुन्छ भनेमात्र हार्ड डिस्कको क्षमतामा बढि भएको ल्यापटप चाहिने हुन्छ । 

 

RAM को क्षमता बृद्धि हुदा ल्यापटपको प्रोसेसरसग, हार्ड डिस्क, किबोर्ड, माउस तथा अन्य सबै पार्टहरुले छिटो छिटो अन्तरक्रिया गर्ने सक्छन । प्रोसेसरले नै के गर्ने, कसरि र कहिले गर्ने जस्ता सबै कुरा गर्ने र RAM ले ल्यापटपका अन्य पार्टहरुसग मध्यस्तकर्ताको भुमिका खेल्ने हुदा जति RAM को क्षमता बढि भयो त्यति नै छिटो ल्यापटपले काम गर्ने सक्छ । प्रोसेसर राम्रो छ तर RAM को क्षमता कम छ भने तपाइको ल्यापटपले छिटो काम गर्ने सक्दैन । 

 

काम गर्ने सजिलोको लागि ठुलो साइजको स्क्रिन ठिक हुन्छ तर बोकेर हिड्नको लागि अलि बढी झन्झट हुने हुन्छ । ल्यापटप धेरै बोकेरै हिड्नु पर्ने हो भने सानो साइजको स्क्रिन नै ठिक हुन्छ । ठुलो साइज मा 15.6 इन्चसम्म को ठिक हुन्छ । 14  इन्च स्क्रिन भएको ल्यापटप बोकेर हिड्न पनि सजिलो हुन्छ र काम गर्नलाइ त्यति सानो पनि हुदैन ।

 

ल्यापटप खोज्दै हुनुहुन्छ ? कस्तो किन्ने, कति खर्च गर्ने सोच्दै हुनुहुन्छ भने नयाँ मुल्य सहित सबैभन्दा बढि बिक्रि भएको भनिएको डेल (Dell) का केहि ल्यापटपहरुको मुल्य सुचि हेर्नुहोस् ।


  dell 3437 i5

 

Model / Processor  : 3437 / i5  

RAM : 4GB 

Hard Disk : 1 TB ( 1024 GB)

Screen Size: 14 inch

Graphics : 1GB

Price: Rs. 56,500 

 


dell 5470

 

Model / Processor : 5470 / i5

RAM : 4GB

Hard Disk : 500GB

Screen Size : 13 inch 

Graphics : 1GB

Price : Rs 64,500

 


 

dell 3442 2

 

Model / Processor : 3442 / i5

RAM : 4 GB

Hard Disk : 1 TB ( 1024 GB )

Screen Size  : 14 inch

Graphics : 2 GB

Price : Rs 63,500

 


 

dell i3 2

 

Model / Processor :3521 /  i3

RAM : 4 GB

Hard Disk : 500 GB

Screen Size : 15.6 inch

Graphics : 1 GB

Price :Rs 43,500