एजेन्सी ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी अमेरिकी प्रथम महिला मिसेल ओबामाबीचको प्रेम सम्बन्धमाथि चलचित्र बन्ने भएको छ ।

ओबामाले मिसेललाई सन् १९८९ मा भएको पहिलो भेटमा कसरी प्रेममा पारे भन्ने विषयमा चलचित्र केन्द्रित रहेको बताइएको छ ।

यो चलचित्रको नाम ‘Southside with You’ रहने छ ।

obama love affairs

बाराक ओबामाको युवा बेलाको भूमिका गर्ने र मिसेलेको अभिनय गर्ने कलाकारहरुको खोजी समेत भैरहेको निर्माण पक्षले जनाएको छ ।

सन् १९८९ मा मिसेल एउटा ल फर्ममा काम गर्थिन् र त्यही देखेपछि ओबामालाई मिसेललाई मन पराएर प्रेम प्रस्ताव राखेका थिए ।

मिसेलले यो भेटपछि ओबामाले आफूलाई साँच्चिकै प्रेममा पारेको मिसेलले बताएकी छिन् । ओबामा र मिसेलबीच सन् १९९२ को अक्टोबर ३ मा विवाह भएको थियो ।

obama love affairs 1

यो चलचित्रको निर्देशन रिचर्ड टान्नेले गर्नेछन् भने ट्रासी बिङ र स्टेफनाइ अलिनले यो फिल्मको निर्माण पक्ष हेर्नेछन् ।

यो चलचित्रको सुटिङ आगामी जुलाई देखि शुरु हुनेछ ।