२ पुस, कञ्चनपुर ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा रहेको जयमसी चर्चका पादरी ३६ वर्षीय दीपेन्द्र पालविरुद्ध जबर्जस्ती करणीसम्बन्धी उजुरी दर्ता भएको छ ।

चौध वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पालविरुद्ध उजुरी दर्ता भएको हो ।

rape 1

पीडित बालिकाका परिवारले राष्ट्रिय मानव अधिकार आयोग र आदिवासी, जनजाति महासङ्घको सहयोगमा मङ्गलबार उजुरी दर्ता गरेका हुन् । बालिकामाथि जबर्जस्ती करणी गरेको प्रमाण नपुगेको भन्दै प्रहरीले यसअघि उजुरी दर्ता गर्न मानेको थिएन ।

प्रहरी कार्यालयमा दिएको उजुरीमा पालले एक वर्षदेखि जबर्जस्ती गर्दै आएको उल्लेख गरिएको छ । “बालिकामाथि जबर्जस्ती करणी भएको उजुरी दर्ता भएको छ”–जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बमले भने–“पाललाई पक्राउ गरी प्रक्रिया अगाडि बढाइन्छ ।” रासस