गाली त नेपाली राजनीतिक संस्कृति बनिसक्यो, यो हप्ता भने ग्रेट जोक्स इन नेपलिज पोलिटक्स नै सम्पन्न भयो । एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले बालुवाटारमा ग्रेट जोक्स इन नेपलिज पोलिटक्सको गाली नगर्ने भनेर अभ्यास गरे । प्रचण्डका सहयोद्धा वौद्धिक नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि आफ्नै अध्यक्षलगायत प्रधानमन्त्री सुशील कोईराला एवं अध्यक्ष ओलीको पनि सामाजिक संजालमा नग्न कार्टुनसंगै राखेर ग्रेट जोक्स इन नेप्लिज पोलिटक्सको अर्को अभ्यास गर्न चुकेनन् ।

VVIP jokes in Neplese politics
बामदेव गौतमलाई कुनै दिन संसारको सबभन्दा महाभ्रष्ट भनेर टुडिखेलमा कुर्लीसकेर फेरी उनै उपप्रधानमन्त्री गौतमका प्रमुख सल्लाहाकार बनेका प्रदीप नेपालले पूनः असन्तुष्टिले पद त्यागे । केपी खेमाका खम्वा बन्न प्रयत्नशील असफल अभ्यासकर्ता संजय थापाबाट प्रदीप नेपालमा फेरिएका साहित्यकार नेपालले आफ्नै अध्यक्षलाई एउटा साप्ताहिकमा घाँटीमाथीका मात्र नेता हुँन भनेर भद्रठट गरिसके । अर्थात शरीरले, हृदयले, अंङ्गप्रत्यङ्गले अव ओली नेताबन्न असक्षम नेता भने उनले । नेपालमा २१ वटा कम्युनिष्ट पार्टी छन् २० पार्टी त माओलाई नै प्रस्थानविन्दु मान्ने छन् । डि जुरे –(कानुनी) माओवादी रहे पनि डी फ्याक्टो –(वास्तविक) एउटै माओवादी नरहेको अवस्थामा ‘विचरा’ एउटा माओलाई भने कस्ले आफना अंशमा राख्ने हानथापै छ । अझ ट्रेडमार्कमा रहेका ५ वटा माओवादी पार्टीले ४ ठाँउमा भिन्नाभिन्नै १२१ औं  जन्म जयन्ती मनाईरहेको नेपाल भ्रमणमा रहेका चिनिया विदेशमन्त्री वाङ यीले यस ठटलाई गम्भीर तरिकाले नियाले ।

नेपालको यो राजनीतिक ठट याम रह्यो । प्रचण्ड र ओलीले प्रधानमन्त्री सुशील कोईरालालाई शिर्षासनमा राख्दै फडके किनारामा अन्य नेताहरुलाई साक्षी राखेर मन,वचन र कर्मले गरे पनि ‘अव आईन्दा सार्वजनिक रुपमा एकअर्कालाई गाली गलौच नगर्ने’ भनेछन् । गाली गर्नु नै महानता सोच्छ नेपाली राजनीति । अझ त्यसलाई ठट हो कि गाली त्यसको सौन्दर्यकरण गर्छन पछुवाहरु । गाली सपार्नु पर्दैन न हेक्कै राख्नु पर्छ जिम्मेवार भनिने अजिम्वेवारी तरिकालाई । त्यसैले फेरी पनि भारतीय कबि बशीर वद्रको कबिता याद आयो ।

Prachanda mic
‘ दुश्मनी जमकर करो, मगर यह गुंञ्जायस रहे, अगर कभि हम दोस्त वन जाय तो सर्मिन्दा न हो’ त्यसैले हतारमा जे पायो त्यही भन्ने फुर्सदमा अनी पछुताउने भन्ने भएको छ ।

ठट र गाली फरक हुँन । ठटले भावनात्मक रस दिन्छ, स्वस्थ छेडछाड पनि गर्छ भने गालीले अर्कोपक्षलाई उत्तेजीत र आक्रोसित बनाउँछ र ध्वसात्मक चरित्रको हुन्छ । गालीले पछुवाहरुको आवेग बढाएर आक्रोसमा फेर्छ पनि । त्यो आक्रोस बढदै गएर मारपाटमा फेरिन पनि सक्छन् । ठटले स्वस्थ आलोचना गर्छ, जहिले पनि गालीले भने गालीकर्ताको वौद्धिक स्तर र राजनीतिक संस्कृति दुवै झल्काउँछ । दुवै कम्युनिष्ट नेता प्रचण्ड र ओलीले गरेको यो ‘भद्र सहमतिले’ नेपाली राजनीतिको संकटलाई कसरी निकास दिन्छ भनेर हेर्न, बुझ्न धेरै दिन कुर्नु पर्ने पनि छैन्, माघ ८ गते संविधान जारी गर्ने कबुल गरिएको दिन आईसक्यो । निकास दिन अरु अभ्यास नभए पनि यस गाली नगर्ने ‘भद्र सहमति’ राजनीतिमा भद्दा ठटले भने राजनीति फोहरी खेल, अविस्वसनिय र अजिम्वेवारी कथन भन्नेहरुलाई जवाफ होला, सुधार्ने सार्वजनिक बकपत्रै भने माने हुन्छ । त्यसलाई जीवन व्यबहारमा हेर्नै भने बाँकी नै छ ।

Oli Koirala

आफूले पनि झापा विद्रोह गरेकै हो भन्ने छापामार धङ्गधङ्गी ओलीलाई अझै छ भने जनयुद्धका सुप्रिमो हुन् प्रचण्ड । प्रचण्डलाई जनयुद्धको धङ्गधङ्गी नहटे पनि त्यसका मूल्य, मान्यता, आर्दश र सर्वहारा सिद्धान्तको आतंकले भने अझै लखेटिरहेको छ । उनले अरुलाई परिस्थिति बुझाउन सकेनन् उनका पवित्र चाहाँना अरुले बुझ्न सकेनन्, उनका अहिलेका आर्दशका कथनलाई हिजोका सहयात्रीले ठट सोचे । उनले धेरै विश्वास विमित्रलाई गरे, आफन्तको भर परेनन् । त्यसको असर पार्टीको निरन्तर टुटफुटमा देखिँदैछ भने शक्तिक्षण भएको अभाव र तनावमा रहेका महसुस गरे पछि झापाली नेताले गालीले हेप्ने नै भए । सिंहदरवारको म्याराथुनमा बाधक उनले प्रचण्डलाई सोचे । आक्रोस भयो, ठट नेताबाट गालीवाणमा देखिन थाल्यो । त्यस गालीले देशैलाई संकट पारेर देशको प्रधानमन्त्री नै मूलथलोमा राखेर अरु नेतालाई किनारामा साक्षी राख्दै वाचाबन्धन गर्नु पर्‍यो ‘अव गाली नगर्ने’ भनेर ।

 

कमजोर भएपछि मान्छे औचित्यपुष्टि गर्न गालीको सहारा लिन्छ भने अर्कालाई होच्याएर आफू अग्लो हुन्छु भन्ने भ्रममा रहन्छ बामपुडकेहरु चिच्याएर आफना अस्तित्व देखाउन चाहान्छन । अझ परपिडक स्वभावको अर्काको हुर्मत काढने, निन्दारस ओकल्ने ग्रन्थी नै रसाउछ । तर कहिलेकहीँ राजनीतिक सकृयता भने ग्रेट जोक्स इन पोलिटक्स बन्दो रहेछ यस हप्ता नेपालले त्यसै ब्यहोर्‍यो ।

उही नरेन्द्र