बोमलाल गिरी 

मंसिर ५ आफ्नै कार्यकक्ष सिंहदरवारमा पत्रकारसँग कुरा गर्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सार्क सम्मेलन अघि अर्थात मंसिर १० सम्म दलहरुबीच विषयमा सहमति नभए माघ ८ मा संविधान जारी गर्न असम्भव रहेको बताएका थिए । तर त्यसपछिका लगातार नेम्वाङका भनाई परिवर्तन भएका छन् । उनले अहिलेसम्म संविधान अव माघ ८ मा बन्न सक्दैन भनेर भनेका छैनन् ।

 

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापडको ज्ञापन पत्र बुझ्दै अध्यक्ष नेम्वाङले फेरी पनि माघ ८ मै संविधान जारी गर्न सकिने बताए । त्यसका लागि सुत्र रहेको उनको भनाई थियो । अनावश्यक सबै नियम निलम्बन गर्ने, मस्यौदा तयार भएपनि सभासद्लाई अध्ययन गर्नका लागि दिने एक हप्ताको समय कटाएर एक दिन मात्र दिएमा माघ ८ मै संविधान जारी गर्न सकिने नेम्वाङ्गको भनाई छ । तर त्यसका लागि विषयमा सहमति गर्नु पर्नेमा नेम्वाङले जोड दिए ।

 subash nemmaag

मंसिर १० गतेसम्म सहमति नभए अव त संविधान बन्दैन होला नि भनि सोधेको प्रत्नमा नेम्वाङले त्यति बेला पनि घुमाउरो जवाफ दिएका थिए । सहमतिका लागि दवाव दिन यसअघि जस्तै अहिले पनि उनले पापडलाई आग्रह गरे । तर उनको भनाई थियो, आन्दोलनलाई सफल बनाउन जान्ने तर निष्कर्षमा पुर्‍याउने ढंग नेताहरुमा नभएको भन्दै अहिले पनि पहिलेको जस्तै अवस्था निम्तने पो हो कि भनेर आशंका मात्र गरे । खुलेर बोलेनन् ।

रोग कहाँ छ ? त्यसको पहिचान गरी निको गराउने गरी दवाव दिनु पर्ने उनको भनाई थियो । माघ ८ मै संविधान जारी गर्नु पर्ने बाध्यात्मक व्यवस्था संविधानमा नभएको भन्दै नेम्वाङले भने, ‘संविधान र कानूनका धारा भन्दा जनता सामू गरिएका प्रतिवद्धता ठूला हुन् । त्यसैले एक वर्ष भित्रै संविधान जारी गर्ने प्रतिवद्धताबाट दलहरु पछि हट्न हुँदैन ।’

 

माघ ८ मा अझै पनि संविधान जारी गर्न सकिन्छ भन्ने बलियो प्रमाणको रुपमा अध्यक्ष नेम्वाङले अघिल्लो संविधानसभामा जेठ २ गते भएको सहमतिलाई लिने गरेका छन् । ‘हामी २०६९ साल जेठ २ गते भएको सहमतिका आधारमा त जेठ १४ मा संविधान जारी गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेका थियौं । त्यतिबेला मात्र १२ दिन बाँकी थियो । तर अलिहे त अझै झण्डै एक महिना बाँकी छ, नेम्वाङले भने । तर जेठ २ गते भएको सहमति दुई दिन पनि नटिक्दै ४ गते भत्किएको उनले बताए ।

 subash nemmaag

दलहरुबीच संविधानका विषयमा विवाद नभएको उनको ठम्म्याई छ । केवल विवाद गर्नु पर्छ भनेर कमा र फुलिष्टपमा पनि विवाद गरेका छन् हाम्रा नेताहरु तर खास विवाद अन्तै छ, उनले भने, खुलेरै नभने पनि खास दलहरुबीच विवाद सत्तामा भएको उनको संकेत थियो । विषयमा दुई घण्टा पनि नलाग्ने गरी नजिक रहेको उनको बुझाई थियो ।

 

सहमति नभएमा कुनै पनि हालतमा प्रकृयाबाट संविधान जारी गर्न नसकिने नेम्वाङले स्पष्ट पारे । कांग्रेस एमालेकै नेताहरुले अझै पनि प्रकृयाबाट संविधान जारी गर्छौ भनिरहँदा नेम्वाङको भनाईले भने त्यो असम्भव भन्दै थियो । प्रकृयामा जाँदा लामो समय लाग्ने र सबैले मान्य हुने संविधान पनि नआउने भएकाले त्यो असम्भव रहेको नेम्वाङको भनाई थियो ।

samsad

खासमा ज्ञापन पत्र बुझाइसके पनि जवाफ सवाल हुँदैन तर भित्रैदेखि चित्त नबुझेका ज्ञापन पत्र बुझाउन आएका एक सहभागिले भने, ‘यसमा तपाईको भूमिका केही हुन्न ? तपाईले केही गर्न सक्नुहुन्न ?’ आफू सबैको तटस्थ व्यक्ति भएको भन्दै नेम्वाङले भने, ‘मैले के गर्नु पर्छ भन्ने योजना त बनाएको छु तर संविधान, नियम र कानूनले भलाई तटस्थ बनाएको छ । त्यसैले मैले एक पक्षको कुरा सुनेर मात्र निर्णय गर्न मिल्दैन । मैले सबैको कुरा सुनेर सर्वसम्मतिको प्रयास गर्नु पर्छ । म त्यसैमा लागि रहेको छु । तपाईहरु पनि दवाव दिएर सहमतिमा ल्याउने प्रयास गर्नुस् ।’

 

शान्ति र लोकतन्त्रकका लागि पेशागत महासंघ पापडले माघ ८ मै संविधान जारी गर्नका लागि पहल गर्न आग्रह संविधानसभाका अध्यक्ष नेम्वाङलाई ज्ञापन पत्र बुझाएको हो । पापडले अन्तर बस्तुमा सहमति जुटाउनका लागि वातावरण मिलाउनु पर्ने लगायत ८ सुत्रीय माग सहित ज्ञापन पत्र बुझाएको हो । हिजो नेकपा एमालेका अध्यक्ष केपी ओलाीलाई ज्ञापन पत्र बुझाएको पापडले अरु दलका नेताहरुलाई पनि सहमतिका लागि दवाव दिन भन्दै ज्ञापत्र पत्र बुझाउने बताएको छ ।