एजेन्सी ।

यदि तपाइँले कसैलाई झुक्किएर कुनै सन्देश पठाउनु भो या पठाएको सन्देशले अफ्ठेरो पर्ने महसुस गर्नुभयो भने अव पछुतो मात्र मानेर बस्नु पर्ने छैन ।

तपाइँले आफंनो साथी वा कुनै परिचित मित्र वा कसैलाई पठाएको सन्देश स्मार्टफोनबाट डिलिट गर्न सक्नु हुन्छ । यस्तो डिलिट गर्ने सुविधान टेक्स्ट मेसेज मात्र नभएर भिडियो र तस्विरमा समेत यस्तो डिलिट गर्ने सुविधा छ ।

message delete software

तर यस्तो गर्नका लागि तपाइँको मोबाइलमा र मेसेज पठाइएको ब्यक्तिको स्मार्ट फोनमा पनि एक एप्लिकेसन हुनु पर्छ । ‘स्ट्रिङ्ग्स’ नामक उक्त ऐप्लीकेशनले डाटा ट्रान्सफरमा नियन्त्रण गर्न सघाउँछ भने पठाइसकिएको भिडियो, तस्विर वा मेसेज डिलिट गर्न सकिन्छ ।

message delete software 1

खासमा यो एप्लिकेसनमा सेण्डर अर्थात पठाउने ब्यक्तिले अनुमति नदिए सम्म रिसिभर अर्थात प्राप्त गर्ने ब्यक्तिले हेर्न सक्दैन ।

यो एप्लिकेसनले रिसिभरको मोइबाइलबाट कन्टेन्ट डिलिट भएको ग्यारेन्टी समेत गर्छ । आइफोनको अपरेसन सिष्टम आइओएसमा यो निशुल्क प्रयोग गर्न पाइन्छ ।

message delete software 2