बोमलाल गिरी । काठमाडौं ।

एकीकृत नेकपा माओवादी नेतृतवको ३० दलीय मोर्चाले संविधानसभामा गम्भीर मुठभेडको आकलन गरेको छ । आज दिनभरीमा चार पक्षबीच संविधानका विवादित विषयमा सहमति हुन नसकेमा भोलीदेखि नै गम्भीर मुठभेडको आँकलन गर्दै आवश्यक सबै तयारी थालेको छ । यद्यपी मुख्य तीन दल र मधेस केन्द्रीत दलहरुको बीचमा बेलुका सम्म सहमति हुने सम्भावना पनि जिवितै रहेको मोर्चाको ठहर छ ।

 

आज सहमति नभएमा भोली संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले केही सभासद्लाई आफ्नो प्रस्ताव (आफैले मस्यौदा तयार गर्ने) मा समर्थन जनाउँदै विरोधमा उतार्ने आँकलन मोर्चाको छ । त्यस्तो अवस्थामा माओवादी मोर्चामा रहेका सबै दलले तयसको विरोध गर्दै संविधानसभाको रोष्टम घेर्ने र मार्शल लगाएर आफूहरुलाई बाहिर पठाए तत्काल त्यसको प्रतिवाद गर्ने मोर्चाको तयारी छ । त्यस्तो अवस्थामा माघ ५ गतेका लागि तय गरिएको नेपाल बन्दा पर्सी नै हुन सक्ने एक सहभागिले नेपाली हेडलाइन्सलाई जानकारी दिए ।

 Prachanda vs Oli Koirala banner

कांग्रेस एमालेले संविधानसभाका अध्यक्षलाई अघि सारेर प्रयोग गर्न खोजिएकोमा कांग्रेस भित्रैका पदाधिकारीले विरोध गरे । जसको संकेत हिजो नै मस्यौदा समितिका सभापति एवं कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले दिइसकेका छन् । कांग्रेस भित्रैबाट मस्यौदा आफैले तयार गर्ने अध्यक्ष नेम्वाङको प्रस्तावको विरोध भएकाले नेम्वाङ सजिलै सफल हुन नसक्ने पनि मोर्चाको ठम्म्याँई छ ।

एमालेले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई नराम्रोसँग प्रयोग गर्न थालेको पनि प्रचण्डले बैठकमा बताए । एमालेलाई माघ ८ पछि सरकारको नेतृत्व चाहिएकोले के पी ओली आक्रामक रुपमा प्रस्तुत भएको र संविधानका नाममा एउटा रित्तो कागज जारी गरेर भए पनि सरकारको नेतृत्व खोजिरहेको प्रचण्डले बताएका श्रोतले जानकारी दियो ।

Prachanda at Tea party

बुलुवाटारमा सहमति हुनै लाग्यो भनेर केही नेताले अभिव्यक्ति पनि दिइरहेका छन् । त्यसको खास भित्री कुरा के हो त ? श्रोत भन्छ, तराईमा दुई र पहाडमा ४ गरी ६ प्रदेशमा सहमतिको सम्भावना छ । तर नाममा सजिलै कुरा मिल्नेवाला छैन । कांग्रेस एमाले मिश्रित निर्वाचन प्रणालीमा आउन सहमत भएका छन् । त्यस्तै ८÷१० वर्षका लागि संवैधानिक अदालत राख्न पनि कांग्रेस एमाले सहमत भएका श्रोतको भनाई छ ।

NC UML press meet  1
कांग्रेस एमाले निर्वाचन प्रणली र न्याय प्रणालीमा लचक भएर प्रस्तुत भएपछि एकीकृत माओवादी शासकिय स्वरुपमा सहमत भएर उनीहरुले नै प्रस्ताव गरेको संसदबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी र आलैकारिक राष्ट्रपति हुने गरी सुधारिएको संसदीय प्रणालीमा सहमत हुने संकेत देखिएको श्रोतले बतायो ।
यसरी सहमतिको प्रायास भइरहेका बेला ३० दलीय मोर्चाले भने आफ्नो पहिलेकै अडानलाई साझा प्रस्तावको रुपमा अघि सारेको छ । मोर्चाका एक नेताका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले तपाईहरुको अवधारणा के हो त खै दिनुस् भनेर बारम्बार भनेकाले प्रस्तावको रुपमा तयार पारिएको हो ।

मोर्चाको प्रस्तावमा सहमति हुने सम्भावना कमै रहेको मोर्चाको ठम्म्याँई छ । यस्तै अन्यौल र मुठभेडको आँकलनका बीच चार पक्षको निणयक वार्ता आज बालुवाटारमा हुँदैछ ।

यसैबीच मोर्चाले मोर्चामा आवद्ध सबै दलका सभाषदलाई संविधानसभाको मंगलबारको बैठकमा अनिवार्य उपस्थितिका लागि ह्विप जारि गरिएको छ ।