साइकललाई तल्लो स्तरको सवारी मान्नेहरुका लागि चकित् पार्ने साइकल बजारमा आएको छ । यो साइकलमा रहेका फिचर सामान्य बाइकमा भन्दा कम छैनन् ।

amazing cycle

हाइटेक साइकल बनाउने मोटोपेड नामक कम्पनीले ५० सीसीको इन्जिन भएको साइकल बजारमा ल्याएको छ । ब्ल्याक ओप्स नामक यो साइकल धेरै जसो फिचरमा बाइक जस्तै छ । यसमा रहेका धेरैजसो विशेषता नयाँ छन् ।

amazing cycle 1

यो साइकलमा ५० सिसीको फोर स्ट्रोक इन्जिन छ । यसमा इन्जिन भएपनि पाइडलिङ सिष्टम पनि छ ।

यसलाई बाइक र साइकलको मिश्रित रुप समेत भन्न सकिन्छ । यसको ह्याण्डल र लाइटिङ, फ्ल्यास लाइट, मल्टी टुल किट, ३ दशमलव ७ लिटरको ग्यास किट र रस्सीसमेत यो साइकलमा छ ।

amazing cycle 2

कम्पनीले शाहसी साइकिलिङ गर्न मन पराउनेहरुलाई लक्षित गरी यो साइकल तयार गरेको जानकारी दिएको छ ।

हेर्नुस् भिडियो 

{source}
<iframe width=”560″ height=”315″ src=”//www.youtube.com/embed/JmZsWNCyhZo?rel=0″ frameborder=”0″ allowfullscreen></iframe>
{/source}