२८ पुस, नारायणगढ, चितवन ।

एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाको बन्दलाई नेपाल प्रहरीको समर्थन रहेको जस्तो ब्यवहार नारायणगढमा देखिएको छ । सडकमा बन्दकर्ता छैनन् तर प्रहरीले गाडी चल्न दिएको छैन । हुन त प्रहरीले बन्द खुलाउन पहल गर्नु पर्ने हो तर उनीहरु बन्दमा गाडी चल्न नदिएर उल्टो भूमिकामा देखिएका छन् । यद्यपी यो कुनै संस्थागत ब्यवहार भने होइन । प्रहरीले बन्दमा हिंसा नहोस भनेर यस्तो गर्ने गरेको छ । 

nepal banda 5

चितवनमा गाडी चलेपनि नवलपरासीमा चलेका छैनन् । प्रहरीले काठमाडौंबाट गएका गाडीलाई गैंडाकोट वारी नै रोकेर अघि बढ्न दिएको छैन ।

पुलिसको रोकावटका कारण काठमाडौंबाट गएका नारायणी वारी थुप्रिएका छन् भने अन्यत्रबाट विपरित दिशामा आइरहेका गाडी चाँहि चल्नै सकेका छैनन् ।

५-७ जना बन्दकर्ता कताकता देखिन्छन् तर प्रहरी नै बन्दकर्ता नै बनेका छन् ।

 

एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चा र मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको बन्दका कारण आज मुलुकका बिभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।

 

मोर्चाले घोषणा गरेका थारुवान, अवध, मधेश, भोजपुरा, मिथिला लगायत बन्दका कारण तराइका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको हो ।