४ माघ, एजेन्सी ।

फ्रेन्च साप्ताहिक व्यंग्य पत्रिका चार्ली हेब्डोको कार्यालयमा भएको आक्रमणको विरोध भइरहेका बेला इस्लामीहरु चार्ली हेब्डोको कार्टुन प्रकाशनको क्रोध पोखिरहेका छन् ।

पेरिसस्थित पत्रिकाको कार्यालयमा आक्रमण भएको एक हप्तापछि गत बुधबार प्रकाशनमा आएको नयाँ अंकमा मुस्लीम धर्मगुरु पैगम्बर मोहम्बद राईरहेको कभर पृष्ठ राखिएको विरोधमा पाकिस्तान लागायत थुप्रै मुस्लीम मुलुकमा विरोध भइरहेको छ । जुन अंक हाल सम्म २० लाख प्रति वढी विक्रि भईसकेको छ । कार्टुन छापेकै विषयलाई लिएर अफ्रिकी मुलुक नाइजेरियामा हिंसा भड्कीएको छ ।

Nigeria Violence 6

नाईजेरियामा शनिबारदेखि उग्र प्रदर्शन सुरु भएको हो । आईतबार दोश्रो दिन पनि प्रदर्शन जारी छ । हिंसामा परी हाल सम्म १० नागरिकको मृत्यु भईसकेको छ । नाइजेरियामा प्रदर्शनकारीले सात चर्चमा आगजनी गरेका छन् ।

Nigeria Violence 6 Nigeria Violence 6 Nigeria Violence 6  

चर्चमा आगो लगाउनु अघि हजार बढी यूवाले त्यहाँको ठूलो मस्जीदमा हमला गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । मस्जीद अगाडि राखिएका गाडी समेत जलेका छन् ।

प्रहरीमाथि ढुंगा प्रहार गरेका प्रदर्शकारीलाई हटाउन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । प्रहरी हस्तक्षेप पछि भागदौड मच्चीँदा पाँच प्रदर्शनकारीको मृत्यु भएको र कयौं घाईते भएका प्रत्यक्षदर्शीले जनाएका छन् ।

नाईजर राष्ट्रपति महमदोउ इसोफोउले शनिबार भएको झडपमा मारिएका मध्ये पाँच जना स्थानीय नागरिक रहेको बताएका छन् । मृतक मध्ये चार जना गिरजाघर भित्र जलेको अवस्थामा भेटीएका राष्ट्रपति इसोफोउले बताए ।

Nigeria Violence 6

इसोफोले भने, “घटनाको छानविन सुरु गरिएको छ, घटनामा जिम्मेवार तत्वलाई कुनै हालतमा छोडिदैंन ।” नाइजेरियालाई फ्रान्स भन्दा बढी चोट परेको छ । नाइजेरियामा फ्रान्सको निकै प्रभाव छ ।

Nigeria Violence 6

शुक्रबार भएको हिंसात्मक घटनामा एक प्रहरी अधिकारी सहित तीन नागरिक मारिएका थिए ।