नरेन्द्रजंग पिटर 

सोमबार (२६ जनवरी) छिमेकी मित्र राष्ट्र भारतले आफ्नो ६६ औं गणतन्त्र दिवस नयाँ जोस र उमङ्ग सहित नयाँ वैश्विक सन्देश दिँदै मनायो । दिल्लीको राजपथमा भारतीय सांस्कृतिक राष्ट्रवाद र सुरक्षाको दम्भ प्रर्दशनीले बढ्दो भारतीय शासकवर्गको क्षेत्रिय महत्वकांक्षा स्पष्ट पर्दशन भईरहँदा मिसेल ओवामा सास्कृतिक झाकीँमा मस्त, अवेगमय भए पनि प्रिसिडेण्ट ओवामा भने चुईङ्गम चपाँउदै पंरम्परागत दुश्मन रसियन रक्षा उपकरणको पर्दशन र मेक इन इण्डियालाई सुक्ष्म बनिया दृष्टिकोणले बुलेट पु्रफ सिसाबाट नियाली रहेका थिए । उनले २१ वटा चुईङ्गम चपाएर भारतलाई के सन्देश दिन खोजेका हुँन् क्षेत्रपति भारतीय कुटनीतिक विश्लेषकहरुले अनुमान लगाउने कुरा हुँन । कतै प्रिसिडेण्ट ओवामा कुटनीतिक भाषामा भनिरहेका त थिएनन् –‘तिम्रा हतियार र शक्तिहरु भनेका हाम्रा खेलौना मात्र हुँन् यस्तै चुईङ्गम झैँ हामी चपाईदिन्छौ’ वा ‘तिम्रो उदयमान बजार र शैन्य सामाग्रीको भोकले गिर्दो अमेरिकी अर्थतन्त्रलाई टेवा दिने छ’ अथवा ‘उदयमान अर्थतन्त्र ब्रिक्स संवेलन वा चीन, भारत र रुसी त्रिदेशिय उदाउदो शक्ति गठबन्धनको एकतालाई चुईङ्गम जस्तै चपाई दिन्छ अमेरिकाले’ भन्ने सन्देश त दिईरहेका थिएनन् ! कुटनीतिमा भनेको भन्दा भन्न खोजिएको, शब्दले भन्दा देहभाषाले गम्भीर अर्थ राख्छ । प्रधानमन्त्री नरेन्द्र मोदीले कयौं पटक अन्यन्त्र ध्यान मोडन खोजे पनि खासै उद्धेलित नभएका राष्ट्रपति ओवामा भने सत्कारलाई हल्का तरिकाले लिँदै चुईङ्गम नै चपाउनै मस्त र ब्यस्त देखिन्थे ।

obama chewing gum

ओवामा भ्रमणले सवै प्रोटोकल तोडेर भारतीय अन्धराष्ट्रवादलाई चुनौती दियो, परंम्परागत चलन प्रमुख अतिथीले मेजवान राष्ट्रपति प्रणव मुखर्जीको गाडीमा पाहुना ओवामाले राजपथमा सयुक्त यात्रा गरेनन् मात्र हैन् सम्पूर्ण सुरक्षाको प्रमुख जिम्मेवारी पनि अमेरिकी सुरक्षातन्त्रकै नेतृत्व र नियन्त्रणमा राखेर भारतीय सुरक्षा प्रति पनि आसंका ब्यक्त गर्नु उदयमान शक्ति राष्ट्रलाई चुनौती त थियो नै । निर्धारित आग्रा भ्रमण पनि छोट्याए । हिजो गुजरात नरसंहारको आरोपमा मानव अधिकारको विश्व रक्षकको दावी गर्ने अमेरिका मोदीलाई भिसा नदिने र भारतीय कुटनीतिज्ञ देवयानी खोबरागडे अमेरिकी कारबाही बजार र शक्तिको भोक सामने टीँटीँ फिस्स भन्ने सन्देश पनि दिईरहेको थियो । बनियाको नजरमा नाफा मात्र पहिलो सर्त हो, अन्य विषय भने तपशीलमा पर्छ भनेझै विकसित भारत अमेरिकी सम्बन्धले त्यही सन्देश दिईरहेको थियो ।

obama chewing gum 1
राजपथले एकातर्फ ओवामा मञ्चन र भारतीय मिडियाको प्रसस्ती गाएनले गणतन्त्र दिवस स्वर्गबाट देवतै झरेको जस्तै ओवामामय बनाउने कोशिस भएको थियो भने अर्कातर्फ सास्कृतिक राष्ट्रवादको आवेग भरेर अल्पशख्यकलाई ‘अच्छे दिन आने वाले हैँ’ भन्ने सन्देश दिईरहेको थियो । महात्मा गान्धी, जवाहरलाल नेहरु, सरदार वल्लभभाई पटेल र भिमराव अम्वेडकरको विरासतको गणतन्त्रको महापर्वलाई अल्पसंख्यकलाई मनोत्रासमा पार्ने र परम्परागत दुश्मन पाकिस्तान प्रति घृणा, आक्रोस र आवेग जति पैदा गर्न सक्थ्यो त्यो भाव, भंगी राजपथको राजकिय सन्देश बनेर ‘स्वतन्त्र’ मिडियाले दिईरहेका थिए । त्यो जति पाकिस्तान प्रति लक्षित थियो त्यसभन्दा पनि सास्कृति प्रर्दशनमा धार्मिक आवेग प्रर्दशन भईरहँदा विविधतापूर्ण भारतमा उदयमान सास्कृतिक राष्ट्रवादका नामको फासीवादको छनक देखापरिरहेको थियो । फासीवाद लोकप्रिय पछेउरी ओडेर आँउछ भने अन्य जाति, धर्म र संस्कृतिलाई घृणा गरेर मात्र आफनो श्रेष्ठता देखाउन सक्छ ।

भारतीय संविधान र गणतन्त्रका आर्टिटेक्चरहरुले एउटा मानवतावादी धर्मनिरपेक्ष गणतन्त्र देशको संघात्मक रुपरेखा कोरेका थिए । तर हिजो जुन झाँकीमा विविधतासहितको भारतलाई राजपथमा देखाउन खोजियो त्यो सवर्था भिन्न र हिन्दु अतिवादलाई उक्साउने सास्कृतिक राष्ट्रवादको आवेग प्रर्दशनका प्रयास थिए । एकातर्फ धार्मिक महिमामण्डन अर्कातर्फ शक्तिको बैभव प्रदर्शन त्यसलाई आवेग दिने पुजी र प्रविधीका नियन्त्रण गर्ने करपोरेट मिडियाका सामुहिक विवेकलाई उत्तेजक गौरवतामा ढाल्ने प्रयास नै उदाँउदो फासीवादको छनक थियो ।

सयुक्त राष्टसंघको स्थायी सदस्य त बन्न आँउदो दिनमा भारतलाई कुनै अवरोध छैन् त्यहाँ भन्दा पनि उस्को विश्व शक्ति बन्ने महत्वकाक्षा र क्षेत्रपति बन्ने लालसा एकल माहाशक्ति अमेरिकी प्रधानलाई प्रमुख अतिथीमा विराजमान गराँउदै सन्देश दिईरहेको थियो । आप्mना महत्वकाक्षा, सपना र अभिष्ट जाहेर गरिरहेको थियो । राजपथमा जे जस्ता झाकीँ पर्दशन गरिए ती सात दशकदेखी अभ्यास भईरहेको हिन्दु फासीवादको अभ्यास अर्थात सन १९२५देखीको राष्ट्रिय स्वयम् सेवक संगठन –(आरयसयस) नामक नागपुरे केशव बलिराम हेगेडेबार माधव सदाशिवराव गोलवाकर,वालासाहव देबरस,,रज्जुभैया, सुर्दशनजी र मोहन भागवतको सक्रियता र मार्गचित्र प्रधानमन्त्री नरेन्द्र भाई दामोदर भाई मोदीको तिलस्मी अभ्यास वैश्विक ‘महाराज’ ओवामालाई किनारामा साक्षी राखी भएका थिए । अव एकातर्फ नागपुरे अजेण्डा डा. भागवत र अर्कातर्फ आधुनिकताको ‘अच्छे दिन आने वाले है’का सपना मोदी अभियान टसल बन्न सक्ने त छ, तर भारतीय करपोरेट पुजीलाई भनेबेलगाम दौड लगाउन फासीवादी अभ्यास नै आवस्यक छ , त्यसैले पात्रका रुपमा मोदी र किनारामा साक्षी अमेरिकी सत्ता रहेको कुरा वाराक ओवामाको राजपथको दृष्यालोकन गर्दा चपाईएका चुईङ्गमले सन्देश दिईरहेको छ ।

 

यो पनि हेर्नुस् 

नरेन्द्र मोदीलाई ओबामाको झट्का

ओबामाले भारत आएर कानून तोडे