१३ माघ, काठमाडौं ।

एमाओवादीका नेता डा बाबुराम भट्टराई पढन्ते र लेखनमा दख्खल भएका नेता मानिन्छन् । उनी सामाजिक सञ्जालमा मात्र नभएर सञ्चार माध्यममा पनि उत्तिकै सक्रिय छन् लेखनको माध्यमबाट ।

यसैबीचले उनले गत माघ ५ को मध्यरातमा संविधानसभामा गरेको चेतावनीपूर्ण भाषणको पुस्तक नै बनेको छ ।

baburam book on ca

बाबुरामको सचिवालयले दिएको जानकारी अनुसार संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापतिको हैसियतमा डा. बाबुराम भट्टराईले दिएको उक्त मन्तब्यलाई झिल्को प्रकाशनले पुस्तककोरुपमा नै प्रकाशित गरेको छ ।

‘संविधानसभाको सङ्घर्ष’ नामक पुस्तकका रुपमा उक्त मन्तब्य प्रकाशित भएको सचिवालयले जनाएको छ ।

यो पनि हेर्नुस्

बाबुरामले दिए अरिङ्गालको गोलोमा ढुङ्गा नहान्न चेतावनी

युद्धकालमा जस्तै सँगै रोएर के भने प्रचण्ड र बाबुरामले