पृय सेवा सिँह !

म तिमीलाई कुन नाम बाट पुकारौँ । तिम्रा माध्याम यस संसारका र मेरै देशका ज्ञात अज्ञात सहिदहरुलाई यो पत्र हो । म तिम्रा नाममा अहिले केन्द्रित हुँदैछु जस्ले एउटा नेपाली समाजमा अत्यन्तै सचेततापूर्ण, योजनावद्द क्रान्तिको सपना देखायो, त्यसको मुल्य हाँसीहाँसी तिर्यो ।

saheed

यस दुनियामा तिमीलाई दशरथ चन्द भन्छन्, कुशल नेपाली इतिहासका ब्यस्थापकले तिम्रो राणाशाही विरोधी एउटा पाटोको मात्र चर्चा गर्छन् । तिमी सुदर बैतडा थियौ, राणाका डोला, ठकुरी वंशिय । जुलियाका बन्न नसकेका पति । त्यसैले तिमी प्रति आग्रह भए, ठालूवंशको खुव चर्चा भयो, या ततिलस्मी कथा बनाईए, हित अनुसारका तिम्रा खुव चर्चा भए, राम माया पोडिनीलाई तिमीले मेरो नाममा रोई दिनु भन्ने अनुरोधको कथन भित्रका सन्देश पानीपतिया हुँने त्यो समाजमा मर्म खोट्याउन अभिजातहरुले चाहेनन् । आजै यो पत्र संवोधन गर्दै आफैसंग, आफ्नै युगसंग बातमार्ने दिन जुर्ना कारण भनेको आज मेरो राज्यले सहिद दिवस मनायो तर राजनीतिक नेता कार्यकर्ताले सहादतको आर्दश कति पछ्याए !

पछ्याउने वाचा वन्धन गरे ! मुख्य कुरा हो । के परिवर्तनलाई संस्थागत गर्न नसक्ने हाम्रो समाज र सहादतको चिहानमा ठडिएर अग्लो देखाउने हाम्रा नेतागण र तिनै नेताका पछुवा हामीहरुलाई सहिद दिवस मनाउने, तिमीले कोरेको बाटो, देखाएका सपनाको स्वयम हामी हत्यारा बन्छौँ भने पृयसेवा सिंह हामीलाई हाम्रो नकच्चरो समाजलाई, हामीलाई नेतृत्व गर्ने नेतागणलाई परिवर्तनकाउसोबनेको भिडमा फेरिदै गएको समाजलाई माफ गरिदेउ । माफ गर ! मान्यवर, ……टापटुपे ज्ञान र हाटहुटे नेताले भरिएको हाम्रो समाजमा तिम्रो सराद्दे मात्र हामी गर्दैछौ आज भनेर ।

जहिले पनि सहिदका पहिलो हकवाला उनीहरुले देखाएका सपनाका कारिन्दा राजनीतिक पार्टी हुन्छन र त्यस समाजका जागृत यूवाहरु हुन्छन् । पृय सेवा सिहं,…. अहिले हामी जुन अवस्थामा बाँचेका छौ त्यो आर्दशको चिरहरण गर्ने समय बनाई दिएका छन, अगुवाहरुले । त्यसैलाई पिच्च थुक्ने आँट गर्देन मेरो समय र समाज । बोश्वरमा तमासा हेर्न वा आग्रह वा कुण्ठा बान्ता गर्न तिम्रा सन्तान अभ्यस्त भईसके, अस्तब्यस्तता छ, परिवर्तन संस्थागत हुँन सकेको छैन तर हाम्रा नसामा रगत हैन् पानी बगिरहेको छ झै भएको छ ।

संयोग पनि आज कस्तो परेको ! आजैको दिन हो महात्मा गान्धीको हत्या उग्रहिन्दुवादी नाथुराम गोडसेले गर्‍यो, आज त्यही गोडसेको मुर्ती देवतासंगै मन्दिरमा राख्न हौसिएका छन धर्मभिरुहरु । माफ गर धर्म निरपेक्ष माहात्मा,…..शान्तियुद्धका प्रतिक, मानवहरु एकै हुँन भन्ने तिम्रा कथनको हत्या धार्मिक पाखण्डीले गर्‍यो, त्यसै पाखण्डीलाई अहिले देवता बनाउदैछन् उग्रहिन्दुवादीहरु ।

disappeared nepalese

सहिद दशरथ, तिम्रा बहानामा भन्नु पर्ने कुरा धेरै छन् । यो पत्र गंगालाल, सुक्रराज र धर्मभक्तलाई पनि हो । अझ नेपाली ज्ञात इतिहासका पहिलो सहिद आछाम बन्नीगढीका बााकाबीर, र भरारतीय प्रथम स्वतन्त्रता संग्राम दवाउन गएका सैनिक लखन थापा र दोस्रो विश्वयुद्धमा सहभागी सुवेदार जीत वहादुरको टुडिखेलमा भएको हत्याको सम्झना पनि हो । धेरैका नाम आर्दश र सन्देश एकमुष्ट संमान र सम्झना भनेर बुझिदिनु होला ।

विश्वकै ज्ञात, अज्ञात सहिदहरुलाई सम्झनामा टाउको निहुर्‍याउनुको अर्थ समाज यथास्थितिमा बस्न सक्दैन् जिँउदा मान्छे सत्ताका आदेशमा लुरुलुरु हिडने शक्तिले जे भन्छ खुरुखुरी त्यसलाई नै पालन गर्ने गर्दैनन् । जुन समाज जति सम्पन्न छ, त्यसले त्यतिनै मूल्य तिरेको हुन्छ । त्यही आर्दश पछ्याउदै सहादतको बाटोमा हिड्छन् र हाकाहाकी मृत्यू स्वीर्काछन् देशप्रेमीहरु, समाजिक न्यायका पक्षपातीहरु । त्यही पदचाप पछ्याउनेको भूमिका बन्दै अनी सत्ता फेरिन्छन् क्रान्ति बनेर । तिमी पनि त भारतीय नेशनल कन्फ्रेन्सको नागपुर संवेलनमा दीक्षित भयौँ, शेख अब्दुल्ला र नारायण स्वामीसंग क्रान्तिका पाठ सिक्यौ, नेसनल कन्फ्रेंसकै नेपाली नाम प्रजा परिषद राख्यौ, एउटा सवै परिवर्तनकालागी ज्यान अर्पन चाहाँनेलाई एकइतिहासका कुशल ब्बस्थापकलेजुट पा¥यौ । तिमी समाजवादी भएको, प्रजापरिषदको माष्टर माईण्ड भएको, शसक्त क्रान्तिका लागी धर्मभक्तलाई लगाएर पहिलो राजनीतिक उदेश्यका लागी देशमा हतियार भित्र्याएको कुराको सविस्तार वर्णण गर्न कंजुस्याई गर्छन् ।

जो तोपले गर्न सक्दैन् त्यो मिडियाले गर्नसक्छ भन्ने कुरा भगत सिहले कानपुरबाट प्रताप र दिल्लाको अर्जुनमा मिडियाशक्ति प्योग गरेझै क्रान्ति, परिवर्तन र राजनीतिक अभियानमा मिडियाको के, कस्तो महत्व हुन्छ भनेर सेवा सिहंको नाममा भारतको पटना र कलकत्त्ताको इण्डिपेंडेन्सबाट तपाईको दुरदृष्टि देख्न सकिन्छ ।

पृय दशरथ
तिम्रा त अनेकौ सुझाव, गुनासा मात्रै हैन् हाम्रो युगले आदेश समेत मान्नु पर्ने हो । तर सहिद दिवसलाई सराद्धेको रुपमा मनाउने हाम्रो संवेदनाहीन पिढीलाई माफ गरिदेउ र ज्यान भएका तन्नेरीलाई आशिरवाद भने दिँदै गर, ता कि नेपाली जाति एउटा अझै जिँउदो छ, परिवर्तनका उपलबधी संस्थागत गर्न आतुर छ भनेर युगलाई, भावी पिढीलाई पनि सन्देश छोड्न सकोस् ।

उही देशभक्त सदाशिव ।