१८ माघ, काठमाडौँ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले ठूला भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र आज बुझाएको छ ।

Biplav oil nigam gherau 5

नारा, जुलुससहित गएको माओवादी टोलीलाई आयोगको कार्यालयभन्दा वरै प्रहरीले रोकेको थियो ।

प्रहरीले जुलुसलाई रोकेपछि माओवादीका उपत्यका संयोजक ईश्वरी दाहालसहित तीनजनाको टोली आयोगको कार्यालयमा गएर ज्ञापनपत्र दर्ता गराएर फर्किएको थियो ।

Biplav oil nigam gherau 4

ज्ञापनपत्रमा शिक्षक, कर्मचारीजस्ता पदका साना भ्रष्टाचारको मात्रै आयोगले छानबिन र कारबाही गरेको तर ठूला भ्रष्टाचारको छानबिन र कारबाही नगरिएको उल्लेख छ । रासस