२० माघ, काठमाडौं । 

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे जनताका लागि फेरी बलिदानी दिन तयार रहेको बताएका छन् । जनवर्गिय संगठन वाईसिएलको केन्द्रिय समिति बैठकलाई पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूलाई साथ दिन कार्यकर्तालाई आग्रह गरे । आफूहरुलाई सुविधाभोगी भएकाले आन्दोलन गछौं भन्दा नपत्याएको भन्दै प्रचण्डले भने, तपाईहरुले पनि भनेर पत्याउनुहुन्न भने आन्दोलनमा टाउको फुट्छ र रगत बग्छ अनि मात्र विश्वास गर्नुहुन्छ ।’

prachanda aggressive mood
अव १० वर्षे जनयुद्ध, जनआन्दोलन लगायत आन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा भएको भन्दै वाइसिएल नयाँ ढंगले अघि बढ्नु पर्ने प्रचण्डको भनाई थियो । ‘आन्दोलन शसक्त ढंगले परिचालन गर्नुपर्छ ।’ प्रचण्डले भने म आफै पनि राष्ट्रपति पदका लागि होइन । जनताको सेवाका लागि संघर्षमा आउन तयार छु ।’

लामो समय जनताको हक अधिकारका लागि भएका बलिदानको अवमूल्यन गर्ने र परिवर्तन नस्वीकार्ने गरी कांग्रेस एमाले यथास्थितीवादको दलदलमा फसेको प्रचण्डले आरोप लगाए । अहिलेको अवस्थामा जनयुद्ध, जनआन्दोलन, सरकार सञ्चाल लगायत सबै अनुभव आफूहरुसँग भएको भन्दै प्रचण्डले यथास्थितीवादी शक्तिलाई बढार्न सबै खाले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

त्यसैले त्यही खाले आयोजना र कार्यक्रम तर्जुमा गरिएको प्रचण्डले बताएका वाईसीएल संगठन विभाग प्रमुख लक्ष्मी चौलागाँईले जानकारी दिए । कांग्रेस एमालोले परिवर्तन, जनताको भावना र आकांक्षा स्वीकार्न तयार नभएको भन्दै प्रचण्डले अव सानो तिाने आन्दोलनबाट पनि उनीहरु रुपान्तरिक हुने अवस्था नरहेको बताए । शसक्त आन्दोलनले मात्र कांग्रेस एमालेलाई घुँडा टेकाउन सकिने प्रचण्डको भनाई थियो ।

यो पनि हेर्नुस्

जनताको बीचमा जान्छौं, जनताको फैसला सर्वोपरी हुन्छ

ओलीमाथि प्रचण्डको हमला-नेपालमा यस्ता मान्छे पनि नेता भएका छन्