२१ माघ, काठमाडौ ।
आज फेव्रुअरी चार तारिख अर्थात् विश्व क्यान्सर दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । स्वास्थ्य क्षेत्रका काम गर्ने संघसंस्थाहरुले विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरेका छन् ।

क्यान्सर रोग देखिने वितिक्कै उपचार गराए निको हुने भएपनि चेतनाको अभावमा धेरै क्यान्सर रोगीहरुको उपचार नपाएर मृत्यु हुने गरेको छ ।

cancer image

 नेपालमा करिव ६० हजार क्यान्सरका रोगी रहेको स्वास्थ्य मन्त्रालयको अनुमान छ । साथै नेपालमा प्रत्येक वर्ष ५ हजार क्यान्सर रोगी थपिने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । चालीस प्रतिशत क्यान्सर खानपानमा ध्यान नपु-याउँदा हुने चिकित्सकहरुको भनाइ छ ।

सुर्तिजन्य बस्तु सेवनका कारण पनि क्यान्सर हुने सम्भावना बढि हुन्छ । भुटेको, तारेको र चिल्लो खानेकुरा नखाइ दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने उनीहरुको सुझाव छ ।