२१ माघ, काठमाडौं ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा बालुवाटारमै मर्न तयार भएर बसेको खुलासा गरेका छन् । संविधानसभामा संविधान निर्माणका लागि शुरु भएको बहुमतीय प्रक्रिया रोक्ने उद्देश्यले एमाओवादीले शुरु गरेको आन्दोलनको तयारीका लागि मध्य कमाण्डको मोर्चामा प्रशिक्षण दिँदै प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।

प्रचण्डले कुटवाल काण्डको प्रसंग कोट्याउँदै अधिकारविहिन राष्ट्रपतिले आफूले बर्खास्त गरेको सेनापतिलाई थमौति दिएपछि बालुवाटारमै मर्न तयार भएर बसेको बताए ।

prachanda at prasichhan

आफूलाई सिंह र राष्ट्रपतिलाई मुसो भन्दै प्रचण्डले ठूल्ठूला अन्तर्राष्ट्रिय शक्ति लागेपछि मुसो पनि सिंह हुने बताए ।

उनले भनेः राष्ट्रपतिलाई अधिकार त केही दिएको छैन । तर म सिंहलाई मुसोले फ्याँकिदियो । सेनापतिलाई बर्खास्त गर्ने मान्छे कोही छ नेपालको इतिहासमा ? कटुवाललाई बर्खास्त गरेपछि मर्ने निश्चित लाग्यो अनि एकछिन त लडेर मर्नु पर्ने भो भनेर जनमुक्ति सेनालाई छ दिन बालुवाटारमा राखेँ।

प्रचण्डले आफू म बरु जनतामा जान तयार रहेको तर राष्ट्रपति भएर जेल जान तयार नभएको पनि बताएका छन् ।