२४ माघ, जनकपुर । 

एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहालले जनकपुरमा पत्रकारहरु संग कुरा गर्दै एमाओबादी बार्ताका लागि तयार रहेको भएपनि बहुमतिय प्रक्रियामा जाने सम्बन्धमा गरेका गल्ती सच्याएर आए मात्र वार्ता हुने बताए ।

पत्रकारहरु संग कुरा गर्दै उनले शान्ति वार्ताका सहयात्री र आन्दोलनका सहयात्रीहरु संग भएको सहमती अनुसार मात्र संबिधान बनाउनु पर्ने कुरा बताउदै यस अघि पनि नेपालमा विभिन्न पटक संबिधान बनेको र अहिले पनि देशमा संबिधान रहेको हुनाले हाम्रो र राम्रो संबिधान बनाउनका लागि मात्र संबिधान सभाको आवश्यक्ता भएको बताए ।Prachanda mic

 

उनले संबिधान आउने ठुलो कुरा नरहेको प्रस्ट पार्दै दलित जनजाती, मधेशी, महिला, मुस्लिम सबै वर्ग र जातका लागि संबिधान आउनु पर्ने बताए । यस अघि अध्यक्ष दाहालले एमाओबादी कार्यकर्ताहरुका लागि आयोजित प्रशिक्षणमा बोल्दै आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

उनले एमाले र काँग्रेस पार्टी मिलेर जनआन्दोलन दुई र मधेश आन्दोलनबाट प्राप्त जनादेश विपरित बहुमतको बलमा संबिधान बनाउने सोचका साथ अघि बढिरहेको हुनाले गाउँ गाउँमा गई आन्दोलनका उपलब्धीहरुलाई बचाउन तर्फ आम जनतालाई अग्रसर गराउनु पर्ने कुरामा जोड दिएका थिए ।

पार्टीको मध्य कमाण्ड मिथिला भोजपुराको प्रशिक्षण तथा सम्प्रेशन कार्यक्रममा पार्टी अध्यक्ष दहाल लगायत पार्टीका केीन्द्रय सचिव गिरिराजमणि पोखरेल, पोलिटव्युरो सदस्य रामचन्द्र झा लगायतका पार्टीका नेताहरुले मन्तव्य राखेका थिए ।