२९ माघ, टिक्रिट (इराक) ।

उत्तरी इराकको मध्य प्रान्त सलाहुदिनमा आइएस लडाकूसँग बुधबारबाट सुरु भएको झडपमा कम्तीमा १६ सैनिकको मृत्यु भएको प्रान्तीय सुरक्षा स्रोतले बिहीबार जानकारी दिएको छ ।

दक्षिणी प्रान्तीय राजधानी टिक्रिटबाट ४० किलोमिटर टाढा दिज्लो सहरको बाहिरी इलाकामा पर्ने सैनिक शिविरमा बुधबार अबेर राति आइएस लडाकूहरुले आक्रमण गरेका जनाइएको छ ।

iraq army

बुधबारबाट सुरु भएको सो झडप बिहीबार बिहानसम्म जारी रहेको बताइएको छ । यस झडपको क्रममा अन्य ११ जना सैनिक घाइते भएका समेत जनाइएको छ ।

प्रान्तीय स्रोतका अनुसार यस झडपमा आइएस लडाकूतर्फ पनि दर्जनौं व्यक्ति घाइते र मृत्यु भएका छन् । तर यसको विस्तृत विवरण भने दिइएको छैन्. ।
पूर्वराष्ट्रपति सद्दाम हुसेनको गृहनगर प्रान्तीय राजधानी टिक्रिट सुन्नी प्रान्तको रुपमा रहेको छ । यहाँ सुन्नी मुसलमान समूदायको बलियो प्रभाव रहेको छ । रासस ÷सिन्ह्वा