साँच्चै नै बिस्तारै बिस्तारै यो युग कम्प्युटरमा निर्भर हुन थालिसकेछ। नेपालजस्तो अर्धविकसित देशमा पो कम्प्युटरमा अपरेटिङ्ग सिस्टम कसरी राख्ने भन्ने चिन्ता छ, तर पूर्ण विकसित देश भने कम्प्युटरको छुट्टै युगमा प्रवेश गरिसके। उनिहरूको सबै खोज-अध्ययन र अनुसन्धान अब कम्प्युटरमै निर्भर भएर विकासको चरम विन्दुमा पुग्न लागिसके।

यो संसारमा रहस्यको कुराहरू थुप्रै छन् र अनुसन्धान गर्न पर्ने तत्वहरू पनि थुप्रै नै छन्। तर ती सबै तत्वको अनुसन्धान कसले गर्छन् त? पक्कै पनि मानव विना कुनै पनि अनुसन्धान सम्भव छैन। त्यसैले अाजकाल अनुसन्धान के मा भईरहेको छ त?

आजसम्म मानवी दिमाग र मुटुलाई कसैले नि बुझ्न सकेको छैन र बुझ्ने प्रयास नगरेको पनि हैन। यसै क्रममा लण्डनका डक्टरहरू अनुसन्धानको नयाँ रूपमा प्रवेश गरेका छन्।

उनीहरूले आजसम्म १६०० मानव मुटुहरूबाट जतिसक्दो डेटा(Data) हरू जम्मा गर्न सकेका छन् ति सबै डेटाहरूलाई डिजिटल रूपमा कम्प्युटरमा राखेका छन्।

1
यो सबै पहुँचको उद्धेश्य के त?
उनीहरू भन्छन्,”मानवीय प्रकृतिलाई बुझ्न गाह्रो छ र ती सबै प्रकृतिको रहस्य केवल मानवले मात्रै बुझ्न नसकिँदो रहेछ। तर ती सबै रहस्यलाई एक ठाउँमा बचाएर राख्न सकियो भने, जस्तो सुकै मानवी रोगलाई चाँडै नै निर्मुल पार्न सकिन्थ्यो।”

‘ह्याम्मरस्मीथ हस्पिटल’को ‘मेडिकल रिसर्च काउन्सील्स क्लिनिकल साईन्सेज सेन्टर’ (Medical Research Council’s Clinical Sciences Center)का वैज्ञानिकहरूले अझसम्म १६०० बिरामीहरूको मुटुको विस्तृत रूपमा 3D भिडियोहरू लिएर त्यसबाट जिनेटिक(Genetic) जानकारी लिने प्रयास गरेका छन्।

मानव मुटु अनुसन्धानमा लागेका ‘डा. डिक्लेन ओरिगान’ ले भने,”यो पहुँचको खुबी रोगहरूको सामान्य जानकारी भन्दा अलि बढि र विस्तृत जानकारी लिन सक्ने रहेको छ। धेरै भन्दा धेरै बिरामीहरूको मुटुबाट भिन्दा भिन्दै जानकारी लिन सकियो भने मुटु रोगको सजिलै निर्मुल पार्न सकिन्छ भन्ने हाम्रो मान्यता हो।”

उनले थपे-“मानव जीन र मुटुबीच गहिरो र रहस्यमय सम्बन्ध हुन्छ र हामी यो बुझ्न खोज्दै छौँ। यसरी हरेक मुटुको स्पष्ट 3D भिडियोलाई अनुसन्धान गर्न सकियो भने मुटु रोगको कारण र असरहरू पत्ता लगाउन सकिन्छ र सहि बिरामीलाई सहि समयमा सहि उपचार गर्न सकिन्छ।”

तर यो अनुसन्धान पहुँचको चुनौतीको कुरा के हो भन्दा यो सबै मुटुबाट प्राप्त गरेको डेटाहरूलाई कहाँ राख्ने?
हालसालै गरेको अनुसन्धान अनुसार एउटा मानवी दिमागको सबै सूचनालाई कम्प्युटरमा राख्दा कमसेकम पनि २०००० ल्यापटप बराबरको ठाउँ चाहिन्छ र एउटा मुटुको सबै सूचनालाई कमसेकम १०००० ल्यापटप बराबरको ठाउँ चाहिन्छ।

अब सोच्नुहोस् १६०० मुटुको सूचना कहाँ र कसरी सङ्कलन गर्ने?

2
तर केही पनि असम्भव छैन भन्ने वैज्ञ‍ानिकहरूले धेरै पहिले नै प्रमाणित गरिसकेका छन्।
‘अमेरिकन एसोसियसन फर द एडभान्समेन्ट अफ साईन्स’ (American Association for the Advancement of Science) का अनुसन्धानकर्ताहरूले ती सबै मुटुहरूबाट प्राप्त गरिएको सूचनालाई कहाँ र कसरी सङ्कलन गर्ने भन्ने बारे पनि अनुसन्धान भईरहेको छ।

आफै सोच्नुहोस् त यदि साँच्चै नै यसरी सबै मुटुहरूको एक-एक सूचना र रहस्यलाई कम्प्युटरमा राखेर त्यहाँ के भईरहेछ भनेर हेर्न सकियो भने मुटु रोग र वंशाणुगत रोगहरूलाई कति सजिलै निर्मुल पार्न सकिन्थ्यो!
के तपाईँलाई थाहा छ? एक आविस्कारकले मानव दिमागलाई कम्प्युटरमा उतारिसक्यो नि!!