५ फागुन, भक्तपुर ।

उद्योग मन्त्री महेश बस्नेतले तीन महिनाभित्र संविधान जारी गर्न सहमतिमा आउनका लागि आन्दोलनरत दलहरूलाई आग्रह गरेका छन् ।

Mahesh Basnet

चाँगुनारायण नगरपालिका–५ झौखेलमा निर्माण हुन लागेको ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिर क्षेत्र विकास संस्थाको बहुद्देश्यीय भवनको शिलान्यास गर्दै उनले आन्दोलनबाट संविधान नआउने भएकाले सहमतिमा आउन आग्रह गरेका हुन् ।

मन्त्री बस्नेतले विपक्षी सबै दललाई समेटेर आगामी तीन महिनाभित्र कुनै हालतमा संविधान ल्याउने तयारीमा सरकार रहेको छ भने ।

विसं २०४७ सालको संविधान निर्माणमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले फरक मत लेखेर संविधान निर्माणमा बाधा नपुर्‍याए जस्तै अहिले पनि आन्दोलनमा गएका दलले चित्त नबुझेका विषयमा लिखित असहमति जनाएर संविधान निर्माण प्रक्रियामा बाधा नपुर्‍याउन आग्रह गरे ।
रासस