चुलबुले अभिनेत्री ‘आलिया भट्’ले खेल्ने भनिएको ‘रक अन २’मा अब श्रद्धा कपुर खेल्ने भएकि छिन्। ‘हेदर’को अभिनेत्री श्रद्धा कपुर कलाकार मात्रै नभई एक कुशल गायिका पनि हुन्।

उनले भने, “‘रक अन २’को पात्र हुन पाउँदा म अत्यन्तै हर्षित छु। म आफैलाई यो चलचित्रको पहिलो श्रृङ्खला अति नै मन पर्छ र अहिले दोस्रो श्रृङ्खलामा मैले खेल्न लागेको भूमिका पनि मलाई साह्रै मन परेको छ। यो चलचित्रमा खेल्न पाउनु मेरो लागि भाग्यको कुरा हो।”

फरहान अख्तर, अर्जुन रम्पाल र पुरव कोहलीको मूख्य भूमिका भएको ‘रक अन’ बलिउड बक्स अफिसमा सुपरहिट भएको थियो। तर ‘रक अन २’ भने ‘अभिशेक कपुर’ले निर्देशन नगरी नयाँ निर्देशक ‘सुजात सौदागर’ले निर्देशन गर्ने भएका छन्।

1

2