११ फागुन, पर्वत ।

कालीगण्डकी नदीमा र्‍याफटिङ्ग गर्ने क्रममा नदीमा खसेर एक चिनीयाँ पर्यटक बेपत्ता भएका छन् । र्‍याफ्टीङ्ग गर्न गएको बेला नदीमा खसेर चिनीयाँ नागरिक क्युवान जी बेपत्ता भएका हुन् ।

Rafting

पर्वत र कास्कीको सिमानामा पर्ने जैमिनीबाट आइतबार पर्यटक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

पर्यटक बेपत्ता भएको सुचना सोमबार दिउँसो मात्र जानकारी आएका कारण अहिले प्रहरी परिचालन गरेर खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । शनिबार बिहान पर्वतको पाङ्ग नयाँपुलबाट र्‍याफटिङ्ग शुरु गरेका थिए ।