१४ फागुन, काठमाडौँ ।

एकीकृत नेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराईले यही फागुन १६ पछि सत्तारुढ दलसँग वार्ता गरिने बताएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घले आयोजना गरेको कार्यक्रममा बाबुरामले बाह्रबुँदे शान्ति सम्झौतामा उल्लेख भएअनुसार दलित, मधेसी, उत्पीडितको पीडा अन्त्य गरी राज्यलाई पुनःसंरचना गर्नुपर्नेमा जोड दिए । उनले भने, “नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरुले बृहत् शान्ति सम्झौताको मर्म बुझेका छैनन् ।”

Baburam Narayan Kaji 1

नेता डा भट्टराईले संविधान निर्माणमा पुँजीवादी र वामपन्थी शक्तिबीच एकता हुनु जरुरी भएको बताउँदै संविधान बाहिर रहेका नेकपा–माओवादीलगायत दललाई राखेर संविधान निर्माण गर्नुपर्ने औँल्याए ।

उता एमा‌ओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान सभाले अगाडि बढाएको प्रक्रिया स्थगित गरी सहमतिको आधारमा संविधान निर्माण गर्ने सहमति नबने सम्म आन्दोलन नरोकिने बताएका छन् ।

क्रान्तिकारी पत्रकार संघ सिन्धुलीले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा आयोजना गरेको पत्रकार भेटधाटमा सहमतिमै संविधान निर्माण गर्ने पक्षमा एनेकपा माओवादी लगाएतका आन्दोलनरत दलहरु रहेको भन्दै वार्ताको बिश्वशनीय वाताबरण बनाउन सत्ता पक्षले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उपाध्यक्ष श्रेष्ठले सहमतिको प्रक्रिया निर्माण गर्नकालागि दवाव श्रृजना गर्ने उदेश्यले नै आन्दोलन गर्न बाध्य भएको बताउनु हुदै वार्ताको विश्वसनीय वातबरण तयार नभए दोश्रो चरणमा आन्दोलनका कार्यक्रमहरुलाई सशक्त बनाउन बाध्य हुने बताए ।