भारतको ख्याती प्राप्त मोबाइल ब्राण्ड ‘सेल्कन’ (Celkon) नेपाली बजारमा आएको छ ।
नेक्स्ट जेनेरेशन इन्टरप्राइज सोलुसन्स प्रालि ले सेलकनलाई नेपाली बजारमा बिक्रि बितरण गर्न सुरु गरेको छ ।
भारत, बंगलादेश, श्रीलंका लगायतका मुलुकमा लोकप्रिय यो ब्राण्ड पहिलोपटक नेपाल आएको हो । सेलकनले एकैचोटी झण्डै एक दर्जन मोडल नेपाली बजारमा उतारेको छ ।
जसमध्ये क्यु 455, क्यु 500 अल्ट्रा, क्यु 5, ए 20, ए 354 सि, ए 115, सि 5 एस , सि 609 स्टार, सि 5 प्लस, सि 344 रहेका छन् ।

Celkon 1

नेक्स्ट जेनेरेशनले सेल्कन मोबाइल उपत्यका लगायत नेपाल भरका २ दर्जन बढी अधिकृत बिक्रेता मार्फत कारोबार शुरु गरिसकेको छ । मोबाइल सेटमा एक बर्ष वारेन्टी सहित ब्याट्रीमा ६ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी पनि दिएको जनाएको छ ।

काठमाडौंको न्युरोड, कलंकी, बानेश्वर, कोटेश्वर, ललितपुर, भक्तपुर, नारायणगढ, हेटौंडा, बिरगंज, जनकपुर, लहान, राजबिराज, इटहरी, धरान, दमक, बिर्तामोड, धनगडी, नेपालगंज, सुर्खेत, दाङ, बुटवल, पोखरा, दमौली र दोलखाको चरिकोटमा अधिकृत बिक्रेताहरु मार्फत कारोबार भइरहेको जनाएको छ ।

भारतीय मोबाइलले बर्चश्व जमाएको नेपाली बजारमा सेल्कन ब्राण्डले छोटो समयमा नै अग्रस्थान ओगट्नेमा बिश्वस्त रहेको नेक्स्ट जेनेरेशनका प्रबन्ध निर्देशक शरद भट्टराइले बताउनुभयो ।

Celkon 1

बिक्रिपछिको सुबिधालाई बिशेष ध्यान दिएको कम्पनीले न्युरोडको ताम्राकार कम्प्लेक्समा सर्भिस सेन्टर खोलिसकेको छ भने सुन्धारामा रहेको सिटिसी मोबाइल बजारमा पनि सर्भिस सेन्टर रहने तथा आबश्यकता अनुसार यसलाई अन्य स्थानमा पनि बिस्तार गरिने नेक्स्ट जेनेरेशनले जनाएको छ ।

एन्ड्रोइड किटक्याट भर्सनमा चल्ने क्यु 455 स्मार्टफोनमा १६ जिबी इन्टरनल मेमोरी, ८ मेगापिक्सल रियर क्यामेरा सँगै फ्लास लाईट, १.२ क्वार्डकोर प्रोसेसर, ४.५ क्युएचडी आइपिएस डिस्प्ले, १ जिबी र्याम, दुइवटा सिमलाग्ने र २ हजार एमएएच ब्याट्री रहेको छ ।

Celkon 1

यसैगरि क्यु 500 अल्ट्रामा २ जिबी र्याम, १६ जिबी इन्टरनल मेमोरी, ८ मेगापिक्सलब्याकक्यामेरा, २ मेगापिक्सल फ्रन्ट क्यामेरा, ३२ जिबी सम्म मेमोरी थप्न सकिने, २५०० एमएएचको ब्याट्री, १.२ क्वाडकोर प्रोसेसर र १२.७सिएम एचडि स्क्रिन सहितकाफिचर रहेको कम्पनीले जनाएको छ ।

बारफोनदेखि उत्कृष्ट स्मार्टफोन रहेको सेल्कन ब्राण्ड नेपाली उपभोक्ताका लागि सुहाउँदो भएको नेक्स्ट जेनेरेशनका बजार प्रमुख उमेश अधिकारीले बताएकाछन्।

 

यो पनि पढ्नुहोस।

मोबाइलको स्पिड बढाउने ५ उपाय

३२ दिनसम्म ब्याट्री टिक्ने मोबाइल नेपाली बजारमा

३० सेकेन्डमा मोबाइल चार्ज