१८ फागुन, नेपालगन्ज । 

नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान लेखनका लागि प्रक्रियामा जानु बाहेकको अरु कुनै विकल्प नभएको बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने— ‘३० दलीय मोर्चासँग वार्ता हुन्छ, तर वार्तामा बस्न संविधानसभाको कार्यसूची खारेज गर्न सकिँदैन ।’

sher bdr deuba

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा नेता देउवाले भने वर्तमान सरकार विघटन नगरेर विपक्षी मोर्चालाई सरकारमा सामेल गराउन सकिन्छ तर त्यसका लागि सहमतिमा आउन जरुरी छ ।

नेपाली काँग्रेस जातीय सङ्घीयताको पक्षमा नरहेको स्पष्ट पार्दै उनले भने— ‘हामी वार्तामा बसौँ, छलफल गरौँ के कसरी कुरा मिलाउन सकिन्छ मिलाउँला ।’ रासस