आइ फोन र एप्पलका अरु ग्याजेटहरु कत्तिको चलाउनुहुन्छ? टन्न पैसा खर्च गरेर भएपनि एप्पलका उत्पादनहरु प्रयोग गर्ने गरिन्छ। तर तपाईले थाहा पाउनुभयो, यस्ता महँगा उत्पादन गर्ने एप्पलका कामदारहरुलाई कस्तो व्यवहार गर्ने गरेको छ कम्पनीले?

बीबीसीमा प्रशारण हुने कार्यक्रम ‘पानोरमा’ले सनसनी खबर खुलासामा ल्याएको छ। गुप्त रुपमा गरिएको अनुसन्धानले आइफोन र आइप्याड एसेम्बल गर्ने पेगाट्रन जुन चीनमा अवस्थित छ, कामदारहरुलाइ नियम विपरित काममा लगाइएको छ।

कामदारहरु थकित छन्, आलोचित अनि डर देखाइएको छ कामदारहरुलाई। सन् २०१४ को अन्त्यसम्म चीनमा १४०० एप्पलका कामदारहरु छन्।

कामदारहरुमै लुकेर गएका रिपोर्टरहरुले लुकाएर लगेका क्यामेराले खिचेको भिडियो फुटेजहरुमा यि कम्पनीले भित्र भित्र कसरी गलत गर्दैछन् भन्ने देखिन आएको छ।

सन् २०१० मा १४ जना कामदारहरुले आत्महत्या गरेपश्चात एप्पलले कामदारहरुको अधिकारको लागि प्रतिबध्दता गरेको थियो।

AppleWorkderCondition 1

AppleWorkderCondition 1

भित्रै गोप्यरुपमा गएका रिपोर्टसहरुको अनुसार, त्यहाँ कामदारहरुलाई अत्याधिक कामको लोड थोपर्ने गरिएको छ। कैदी जस्तै व्यवहार गरिएको छ कामदारहरुलाई अनि जबरजस्ती लामो समयको ओभर टाइमको लागि हस्ताक्षर पनि गराइएको छ।

कामगर्ने ठाँउमै थाकेर सुतिरहेका कामदारहरु, म्यानेजरबाट गाली खाइरहेका कामदारहरु को अवस्था देख्दा एप्पलले त्यो प्रतिबध्दता भने पुरा गरेको देखिएको छैन।

‘कम्पनीले भने अनुसार नगर्ने हो भने यहाँ काम गरेको के मतलब’ जस्ता अभिव्यक्ति कामदारहरुले दिनहुँ सुन्ने गर्दछन्।

रिपोर्टसहरुको अनुसार उठ्दा उठ्दै निदाउने र मेशिन चलाउदा चलाउदै निदाउने गर्दछन एप्पलका कामदारहरु।

 

 

AppleWorkderCondition 1 AppleWorkderCondition 1

के के मिचेको छ नियमहरु… (संख्यातमक जानकारी)

नाबालिक श्रमिकको संख्या :

गर्भवतीहरुलाइ गरिएको भेदभावको घटना : २४

मेडिकल टेस्ट पश्चात मात्र काममा लगाइएको घटना जबकी नियम अनुसार यो कार्य मान्य हुदैन : २०

युवा कामदारहरुको ओभरटाइम र रात्री सिफ्टको नियम मिचिएको घटनाः ७३

कामदारहरुलाई ओभरटाइमको नियम अनुसार खर्च नदिइएको घटनाः १०५

नियमअनुसार कामदाहरुले न्युनतम पारिश्रमिक पनि नपाएको घटनाः १८

बिल्डिङ तथा मेशिनरी सामानहरुको लागि एप्प्रुभल, इन्सपेक्सन रिपोर्ट वा सर्टिफिकेटहरु नभएकोः १५८

बन्द गरिएका आपतकालीक ढोकाहरुः ७६

हेर्नुहोस् बीबीसीको भिडियो।

 

{source}
<iframe width=”854″ height=”510″ src=”https://www.youtube.com/embed/kSvT02q4h40″ frameborder=”0″ allowfullscreen></iframe>

<script language=”javascript” type=”text/javascript”>
    // You can place JavaScript like this
    
</script>
<?php
    // You can place PHP like this
    
?>
{/source}

 

यो पनि पढ्नुहोस।

एप्पल बन्यो संसारकै शक्तिशाली ब्रान्ड

एप्पलको नयाँ आइप्याड बजारमा

अन्तरिक्षयान जस्तै छ एप्पल कम्पनीको मुख्यालय ( भिडियो सहित)