२१ फागुन, मोरङ ।
भन्सार कार्यालय मोरंगका कर्मचारी र एजेन्टको मिलेमतोमा कम मुल्याँकन गरी भन्सार पास गराएको भन्दै आन्तरीक राजश्व कार्यालय इटहरीले २ वटा ट्रकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ । रानी भन्सारमा एजेन्ट किशोर शाहिले पास गराएको को १ ख ४०१० र अर्को भारतीय नंम्बरको ट्रकलाई कम मुल्याँकन गरी भन्सार पास गराएका थिए ।

५१ वटा ब्यापारीको कपडा २ वटा ट्रकमा राखेर पास हुँदै गरेको सुचनाको आधारमा राजश्वको टोलीले बिराटनगर को शनीमन्दिर बाट पक्राउ गरी इटहरी पुर्याएको थियो । राजश्वले १० हजार भन्दा माथिको कारोबार गर्ने ब्यापारीले भ्याटमा दर्ता हुनु पर्ने भन्दै भ्याटको कुरा उठ्ना साथ एजेन्ट किशोर शाहिले ट्रक नै छाडेर भागेका थिए । राति ११ बजे भन्सारबाट पास हुँदै गरेको उक्त मालबाहक गाडीलाई ड्राइभरले समेत छाडेर भागेका थिए ।

loaded-truck

 

अहिले अुनसन्धानको क्रममा राखेको उक्त मालबहाक ट्रकलाई राजश्व कार्यालय ले थप छानविन गर्न मालबहाक ट्रकको प्रतिनिधीलाई बोलाएको भएपनी उपस्थित नहुँदा कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन । उक्त मालबहाक ट्रकलाई लिलामी गर्ने नगर्ने भन्ने बिषय २२ पछिमात्र थाहा हुने राजश्व कार्यालयले जनाएको छ । यता एजेन्ट किशोर शाहि ले भने गुपचुम रुपमा मिलाउने प्रयास सुरु गरेका छन् ।

एजेन्ट शाहिले अनुसन्धानकालागी आवश्यक सक्कल कागजात समेत जुटाउन नसकेको आन्तरीक राजश्व कार्यालय इटहरीका प्रमुख गौरीशंकर उपाध्यायले बताए भने कम मुल्यांकन गरी मालबहाक ट्रक भन्सारबाट बाहिरिनु भन्सार कर्मचारी र एजेन्टको मिलेमतोमा मात्र संम्भब हुने उनको दाबी थियो ।