चैत १, काठमाडौं ।

नेपाली कांग्रेसले नेकपा माओबादी विप्लप समुहलेको जवरजस्ती घरजग्गा कब्जा गरेको भन्दै नेपाली काग्रेस रुष्ट बनेको छ । नागरिकको स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारमाथि नेकपा माओवादीले ठाडो हस्तक्षेप गरेको गरेको भन्दै काग्रेसले यस्ता घटनाका कडा शब्दमा विरोध जनाएको छ ।

pm angry

काग्रेस डोटीका नेता पदमराज जोशीको बर्छेन गा.वि.स. वडा नं. ९ बी.पी.नगर स्थित घरमा नेकपा माओवादी विप्लव समूहले पार्टीको झण्डा गाड्नुका साथै घर समेत कब्जामा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाली कांग्रेसले यस घटनाका दोषिलाई कार्वाहिको माग गरेको छ ।

नेपाली काग्रेस केन्द्रिय कार्यालयले आइतवार एक विज्ञप्ती जारी गरि भनेको छ– कुनै पनि नागरिकको घर जग्गा कब्जा गरी विस्थापित हुन बाध्य पारिने उक्त मानव अधिकार विरोधी घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । यस्ता क्रियाकलाप पुनः नदोहोर्‍याउन चेतावनी दिदै नेपाली कांग्रेसले उक्त घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कारवाही गर्न सरकारसँग गरेको छ ।

साथै नेपाली काग्रेसले काग्रेस नेता जोशीका परिवारलाई निर्भिक र निभर्यका साथ बस्न सक्ने वातावरण निर्माण गरिदिन सम्पूर्ण मानव अधिकारवादी संघ संस्थालाई आग्रह गरेको छ ।