१ चैत, रौतहट ।

वनबाट गाउँ पसेको अजिंगरका कारण रौतहटको चन्द्रपुर–८ का स्थानीय त्रशित बनेका छन । शुक्रवार गाउँ छेउमा रहेको खोलामा नुहाउन गएका बालबालिकालाई अंजिगरले आक्रमण गर्न खोजेको थियो ।

बालबालिका आतिएर भागे पछि गाउँलेले अजिंगर समातेर राखेको तीन दिन बितिसक्दा पनि जिल्ला वन कार्यालयले चासो लिएको छैन । अजिगंर फेला पारेर गाउँलेले जिल्ला वन कार्यालय रौतहटलाइ खबर गरेपनि वन कर्मचारीले अजिंगर जिम्मा लिएका छैनन् ।

Ajingar rautahat

 ब्रह्मस्थान सामुदायिक वनका अध्यक्ष धन बहादुर थिगंले तिन दिनदेखि झण्डै आठ फिट लामो अजिगंर घरमा सुरक्षित राखेका छन । यता जिल्ला वन कार्यालयका प्रमुख विजय राज सुवेदीले अजिगंरलाई आरक्षले लिन नमानेको र वन मै छोडने तयारी भएको बताएका छन ।