३ चैत, काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको भण्डारण क्षमता बढाउन अध्ययन सुरु गरेको छ । विशेष परिस्थितिमा तेल आयात प्रभावित भएको समयमा तेल नपाएर उपभोक्ताले सास्ती भोग्नु परेको भन्दै निगमका डिपोहरुको भण्डारण क्षमता बढाउन लागिएको निगम प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

nepal-oil-nigam

आगामी आर्थिक वर्ष भित्रै काठमाडौंमा थप ७ लाख लिटर भण्डारण क्षमता बढाउने निगमको योजना छ । थानकोटमा रहेको डिपोको खाली जग्गामा ७ लाख लिटर क्षमताका १० वटा तेल ट्याङ्की थप गर्न अध्ययन भईरहेको घिमिरेले बताए । अहिलेको भण्डारण क्षमताले काठमाडौंमा ५ दिन मात्र माग धान्न सक्ने भएकाले कम्तीमा एक हप्ता थेग्न सक्ने गरी थानकोट डिपोको क्षमता बढाउन लागिएको निगमले जनाएको छ ।

थानकोट डिपोको अहलेको क्षमता १८ लाख लिटर हो । यसैगरी भैरहवा र बिराटनगरमा पनि पेट्रोल भण्डारको क्षमता बढाउने तयारी गरिएको छ । दुबै डिपोको पेट्रोल भण्डारको क्षतमा ७० हजार लिटर बढाईने निगम प्रवक्ता घिमिरेको भनाई छ । यस्तै अमलेखगञ्ज डिपोको क्षमता विस्तार भने पेट्रोलियम पाईपलाइनको निर्माणसंगै अघि बढाउन निगमको योजना छ । निगमले यसैवर्ष भण्डारण क्षमता बढाउन काम अघि बढाउने भनेपनि बजेट अभावमा सम्भव नभएको जनाएको छ ।