४ चैत, काठमाडौं ।

एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले आन्दोलनको घोषणा र कांग्रेस एमालेले संविधानसभा बैठक बोलाएर संविधान निर्माणको कामलाई प्रकृया लैजान दवाव दिएपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले छलफल थालेका छन् ।

all leaders meeting

 

फाइल तस्विर

नेम्बाङले ६ प्रमुख दलका शीर्ष नेताहरुसँग सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा छलफल शुरु गरेका हुन् । अध्यक्ष नेम्वाङ्गले कांग्रेस, एमाले, एमाओवादी, फोरम लोकतान्त्रिक, फोरम नेपाल र राप्रपा नेपालका नेता एवं सचेतकसँग छलफल गरिरहेका छन् ।

छलफलमा प्रमुख छ पार्टीका शीर्ष नेता एवं पार्टीका सचेतक सहभागी छन् । यद्यपी एमाले अध्यक्ष केपी शर्मा ओली भने छलफलमा सहभागी छैन ।

बैठकमा कांग्रेसको तर्फबाट प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइराला र पार्टि सचेतक चीनकाजी श्रेष्ठ, एमालेबाट उपाध्क्ष बामदेव गौतम र सचेतक अग्नि खरेल, एमाओवादीबाट अध्यक्ष प्रचण्ड र सचेतक गिरिराजमणि पोखरेल सहभागी छन् ।

यसअघि पनि संविधान निर्माण प्रकृया कि सहमतिमा भनेर दलहरुले विवाद गरेपछि अध्यक्ष नेम्वाङले प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । आजको छलफलमा अध्यक्ष नेम्वाङले केही दिनका लागि भन्दै मिति नतोकि संविधानसभाको बैठक स्थगित गर्न भनेपनि सहमति नगरेकोले अव प्रकृया अघि बढाउने विषयमा शीर्ष नेताहरुसँग परामर्श लिने तयारी गरेका हुन् ।