स्मार्टफोनको दुनियामा सामसुङ र एप्पल दुइ ठुला ब्राण्डहरू हुन्। बर्षौ देखि स्मार्टफोनमा प्रतिस्पर्धा गर्दै आएका यी कम्पनीहरूको नयाँ स्मार्टफोनले बजारमा तहल्का मच्चाइरहेको छ। सामसुङको ‘ग्यालेक्सी एस-६’ र एप्पलको ‘आइफोन-६’ मा प्रतिस्पर्धा हुने देखिन्छ।

दुइ फरक स्वादका यी स्मार्टफोनले मानिसहरु फरक फरक अनुभव र धारणा स्थापित गरे तापनि प्राविधिक तवरले यी दुइ स्मार्टफोनमा के समानता छ, अनि के भिन्नता छ? कुन चाहिँ स्मार्टफोन अर्को भन्दा उत्कृष्ट छ? 

यी दुई स्मार्टफोनको डिजाइन, डिस्प्ले अनि अरू विभिन्न क्षेत्रहरूमा तुलना गर्नुपर्दा के-के समानता अनि के-के भिन्नता पाइन्छ, हेर्नुहोस्।

डिजाइन
सामसुङ एस-६ को बडी मेटल र ग्लासको रहेको, जसले यसलाइ शानदार लुक्स पनि दिएको छ। धेरैले एस्-६ को लुक्स एस्-५ को भन्दा राम्रो मानेका छन्। तर एस्-५ मा जस्तो वाटरप्रुफ फिचर भने एस्-६ मा समावेश गरिएको छैन। लुक्स हेर्दा महङ्गो लाग्ने एस्-६ त्यति महङ्गो पनि छैन।

आइफोनको कुरा गर्नु पर्दा एप्पल कम्पनीको आफ्नै दुनिया छ। ६.९ मिलिमिटर मोटाइ भएको आइफोन-६ सानदार मात्र नभई तपाइँको हत्केलामा पनि चिटिक्क मिलेर बस्दछ। एप्पललाई सामसुङसँग तुलना गर्ने नै हो भने, सामसुङले आफ्नो स्मार्टफोनको डिजाइन आइफोनबाटै प्रभावित भएर बनाएको देखिन्छ। सामसुङले आफ्नो स्मार्टफोनलाई स्मुथ लुक दिनु, चार्जर अनि स्पिकरलाई फोनको तलपट्टि राख्नु सबै एप्पलकै छायाँको प्रभाव हो भन्न सकिन्छ।

डिजाइनमा बिजेताः एप्पल आइफोन-६

डिस्प्ले
आइफोनले आफ्नो स्क्रिन रिजोल्युसनको क्षेत्रमा भने सिमाना तोड्न चाहेन। ४.७ इन्चको डिस्प्लेमा ७५०*१३३४ पिक्सेल रहेको आइफोनको डिस्प्लेको गुणस्तर नराम्रो त पक्कै होइन तर सामसुङले भने आफ्नो स्मार्टफोनमा सकेसम्म गुणस्तरयुक्त डिस्प्ले राख्न भ्याएको छ।

५.१ इन्चको डिस्प्लेमा १४४०*२५६० पिक्सेल रहेको एस्-६ ले आइफोनलाई जितेको मात्रै छैन तर अझसम्मकै उत्कृष्ट डिस्प्लेको रूपमा पनि चिनाएको छ।

डिस्प्लेमा बिजेताः सामसुङ ग्यालेक्सि एस्-६

प्रोसेसर र अपरेटिङ्ग सिस्टम
एस्-५ मा समावेश भएको ‘स्न्यापड्रयागन’ अपरेटिङ्ग सिस्टमलाई पाखा लगाउँदै एस्-६ ले ‘एक्सिनोस् ७ अक्टाकोर प्रोसेसर’ समावेश गरेको छ, जसमा २ वटा क्वाडकोर प्रोसेसर रहेको छ र हरेकलाई २.१ गिगाहर्ज र १.५ गिगाहर्ज क्लक स्पिड दिएको छ। यो प्रोसेसरले गर्दा एस्-६ लाई आइफोन भन्दा धेरै अगाडि पुर्याउन सक्छ।

आइफोन-६ मा ६४-बिटको १.३९ गिगाहर्ज डुअल कोर ए-८ प्रोसेसर समावेश गरिएको छ जसमा १ जिबी रयाम रहेको छ। तुलना नै गर्ने हो भने पनि आइफोन-६ ले एस्-६ लाई टक्कर दिन सक्छ। अपरेटिङ्ग सिस्टमको कुरा गर्नु पर्दा एस्-६ मा एण्ड्रोइडको ‘टचविज यु.आइ.’ रहेको छ भने एप्पलमा यसको बिजेता ‘आइ.ओ.एस् ८.१’ रहेको छ।

4
यो पक्षमा दुबै बराबर छन्। त्यसैले यसको बिजेता दुबै हुन्।

क्यामेरा
आइफोनमा थोरै स्क्रिन रिजोल्युसन र ८ मेघापिक्सेल भएको हुनाले १६ मेघापिक्सेल भएको सामसुङसँग तुलना गर्दा पछाडि नै पर्न आउँदछ।

सामसुङले आफ्नो नयाँ स्मार्टफोनमा क्यामेराको प्रविधिलाई धेरै नै सुधारेको दाबी गरेको छ। ०.७ सेकेण्डमा क्यामेरा खुल्ने र अझसम्मकै सबैभन्दा उत्कृष्ट क्यामेरा प्रविधि प्रयोग भएको एस्-६ अगाडि परेको छ।

क्यामेरामा बिजेताः सामसुङ ग्यालेक्सि एस्-६

ब्याट्रि
एस्-६ ले २५५० एम्.ए.एच् भएको ब्याट्रि समावेश गरेको छ जसमा वाइरलेस चार्जिङ्गको पनि सेवा दिएको छ। सामसुङको आफ्नै चार्जिङ प्याडको मद्धतले तपाईँ आफ्नो घर वरिपरि हुँदा चार्जरसँगै झुण्डिरहनुपर्ने स्थिति सिर्जना गर्दैन। तर यो सेवाले ब्याट्रिलाई कति बेर सम्म खपाउँछ भन्ने प्रश्नको उत्तर चाहिँ भेट्न सकिएको छैन।

आइफोनको कुरा गर्दा १८१० एम्.ए.एच् को ब्याट्रि भएकोले खासै प्रगति भने देख्न सकिँदैन।

बिजेताः सामसुङ ग्यालेक्सि एस्-६

नतिजा
कुनै दुई ब्राण्डको मोबाइलफोनको तुलना गर्नु सजिलो काम भने पक्कै होइन। एस्-६मा डिस्प्ले, प्रोसेसर अनि ब्याट्रि नै उसको खास छ भने आइफोनको आफ्नै सान अनि खुबी छ, चाहे डिजाइन होस् या इन्टरफेस। आइफोन-६ को बनावट स्मुथ छ र यो आफैमा एक उत्कृष्ट ब्राण्ड रहेको छ भने सामुसङ पनि कुनै क्षेत्रमा कमी छैन। हामीले के सोच्छौँ भन्दा पनि तपाईँहरूले के सोच्नुहुन्छ, त्यसैले नै सबै कुरा निर्धारण गर्दछ।