५ चैत, काठमाडौं ।

जारी विश्वकप क्रिकेटको दोश्रो क्वार्टर फाइनल खेलमा भारतले बंगलादेशलाई तुलनात्मकरुपमा कमजोर ३०३ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको भारतका रोहित शर्मा बाहेक अन्य खेलाडीले ब्याट्सम्यानहरुले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

India vs Bangladesh

भारतका रोहित शर्माले सर्वाधिक १ सय ३७ रन बनाए भने शुरेश रैनाले ६५ रनको योगदान दिए । त्यस्तै ओपनर शिखर धवनले ३०, कप्तान महेन्द्र सिंह धोनीले ६ रन, अजिन्क्या रहानेले १९ र रविबन्द्र जडेजाले अविजित २३ रनको पारी खेले ।

तुलनात्मकरुपमा बलियो प्रतिद्वन्दी भारतका ब्याट्सम्यान सामु बंगलादेशी बलरहरु भने चम्किए । बंगलादेशका लागि तास्किन अहमदले ३ र मोसाहाफिर मुर्ताजा, रूवेल हसन र साकिब अल हसनले १-१ विकेट लिए ।

अहिले बंगलादेशले ब्याटिङ गर्दै छ ।

खेलको अपडेटका लागि नेपाली हेडलाइन्स डटकम हेर्दै गर्नु होला ।

यो पनि हेर्नुस् 

विराटलाई आउट गर्दै रुबेलले गाली गरे (तस्विर सहित)